मापदण्डको आधाभन्दा कम चौडाइमा कालोपत्र | Khabarhub Khabarhub

मापदण्डको आधाभन्दा कम चौडाइमा कालोपत्र


२३ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निर्माण शुरु भएको चार वर्षपछि ढोलाहिटि–लेले सडक मापदण्डभन्दा आधाभन्दा कम चौडाइमा कालोपत्र भएको छ । २० मिटर सडक कालोपत्र गर्ने विसं २०७२ मा ठेक्का सम्झौता भएकामा अहिले छ/सात मिटर चौडाइमा कालोपत्र भइरहेको हो ।

सडकलाई यथास्थितिमै कालोपत्र गर्न सडकसँगै घर भएका स्थानीयवासीले माग गरेकाले चौडाइ नबढाइ कालोपत्र गरिएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । सो सडकमा रहेका स्थानीय तहले पनि सडक विस्तार गर्नुभन्दा भएकै सडकमा कालोपत्र चाहेको आयोजनामा कार्यरत इञ्जिनीयर विश्वविजयलाल श्रेष्ठले बताए ।

उनका अनुसार ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकामा सडक रहेको छ । गोदावरीका पदाधिकारी घर भत्काएर सडक विस्तार गर्न नहुने पक्षमा रहेका र ललितपुरका पदाधिकारीले चासो नदेखाएको उनले बताए ।

‘सडक नजिक रहेका विभिन्न मठ, मन्दिर र पाटी भत्काउन नहुने भन्दै स्थानीयले आवाज उठाएका थिए’, उनले भने, ‘त्यहाँका मानिसले नै सडक नबढाए हुन्छ तर कालोपत्र हुनैपर्छ भनेर माग गरेकाले हामीले उपलब्ध भएकै चौडाइमा कालोपत्र गरेका छौँ ।’

सडक निर्माणका लागि ठेक्का सम्झौता हुँदा सडकमा पैदलयात्रु मार्ग, पानी बग्ने पाइपलगायतका संरचना निर्माण गर्ने उल्लेख थियो । सडकको चौडाइ बढाउन नसकिएकाले ती संरचनाको निर्माण नहुने श्रेष्ठको भनाइ छ ।

केहीवर्ष पहिले सातदोबाटो–खुमलटार सडक पनि संरचना भत्काएर मापदण्डानुसार निर्माण भएको थियो ।

खुमलटारदेखि ढोलाहिटिसम्म सडक केही फराकिलो बनाइए पनि अन्यत्र सडक एक लेनको मात्रै छ । चापागाउँ, ठेचो, सुनाकोठीलगायतका स्थानमा सडक साँघुरा छन् । आयोजनाले टाखेलदेखि लेलेसम्मको वन क्षेत्रमा भने मापण्डानुसार नै सडक निर्माण अघि बढाएको छ ।

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  २ : २० बजे

ट्रम्पले हेगमा भने, ‘इरानमाथिको हमला हिरोशिमा र नागासाकीको जस्तै थियो

हेग- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अमेरिकी आक्रमणको तुलना दोस्रो

एमाले नेता थापा भन्छन् : पार्टीमा समस्या छैन, जनताको विश्वास बढ्दै गएको छ

धनगढी– नेकपा एमालेका केन्द्रीय सदस्य तथा संगठन विभाग सदस्य लालबहादुर थापाले

अर्थतन्त्र चलायमान बनाउन महिलाको भूमिका महत्त्वपूर्ण : उपप्रधानमन्त्री सिंह

काठमाडौं– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशको अर्थतन्त्र चलायमान

अछामको बयलपाटा अस्पताललाई जापानको सहयोग

काठमाडौं– जापान सरकारले अछामको बयलपाटा अस्पताललाई विभिन्न चिकित्सा उपकरण हस्तान्तरण

वर्षाका कारण फोहर व्यवस्थापनमा समस्या नहुने

काठमाडौं– काठमाडौँ महानगरपालिकाले वर्षातका कारण विगतका वर्षमा जस्तो यस वर्ष