चिकित्सा शिक्षा आयोगका उपाध्यक्षले २० करोड घुस मागेको प्रसाइको आरोप, डा गिरी भन्छन्: होइन « Khabarhub

चिकित्सा शिक्षा आयोगका उपाध्यक्षले २० करोड घुस मागेको प्रसाइको आरोप, डा गिरी भन्छन्: होइन


२३ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बी एण्ड सी मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाइले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले २० करोड घुस मागेको आरोप लगाएका छन् ।

प्रसाइले आज (बुधबार) काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बी एण्ड सी अस्पताललाई सम्बन्धन दिन २० करोड घुस मागेको आरोप लगाएका हुन् ।

प्रासाइले आफु र आयोगका उपाध्यक्ष डा गिरी मंसिर १५ गते द्धारीका होटलमा भेटेको र भेटमा गिरीले २० करोड घुस मागेको दावी गरेका छन् ।

‘उहाँले २० करोड सिधै माग्नुभएको हो, उहाँले के भन्नुभयो भने म यतिकै आएको होएन, यसका लागि पनि स्कुल विभाग प्रमूख छोड्नु परेको छ, मैले २० कारोड पैसा दिएर, कस्तो खालको विद्यार्थीलाई पठाएर कस्तो पैसा लिने ?,’ प्रसाइले पत्रकार सम्मेलनमा भने, ‘त्यसै त माफिया भैयाछ, खास माफियागिरी कहाँ छ ?’

प्रसाइले २० करोड दिन नसक्ने बताएपछि गिरीले झापामा रहेका आफ्नो सम्धीको नाममा २० प्रतिशत सेयर पास गर्नु भनेको प्रसाइको दावी छ ।

‘उहाँले २० करोड मागेपछि मैले के भने भनि यो सम्पत्ति सुद्धिकरणको कुरा छ, हरेक प्रोसेस छ, यसरी हामीले पैसा दिन मिल्दैनन,बैंकको पैसा फन्डेट भएर आएको हुन्छ, १०,२० लाख भएको भए अर्कै कुरा हो भने,’ प्रसाइले भने, ‘ त्यसो भन्दा उहाँले झापामा रहेका आफ्ना सम्धिको नाममा तपाईहरुले १० प्रसेन्ट सेयर पास गरिदिनुस् भन्नुभयो, त्यसपछि मैले हुन्छ भनेर तर्क नगरी फर्किए ।’

गिरीले घुस रकम मागेको भोलीपल्ट पार्टीका अध्यक्षलाई जानकारी गराएको प्रसाइले बताए ।

‘मैले पार्टी अध्यक्षलाई पनि जानकारी गराए, प्रधानमन्त्री बिरामी हुनुहुन्छ त्यसैले उहाँको नजिकका मान्छेलाई पनि जानकारी गराएको छु, पार्टीमा जहाँ जहाँ सिर्ष नेता हुनुहुन्छ सबैलाई जानकारी गराएर यो कुरा बाहिर ल्याउन पत्रकार सम्मेलन गरेको हो,’ प्रसाइले सुनाए ।
प्रसाइले २० करोड घुस मागेको विषयमा आयोगका उपाध्यक्ष डा गिरीले भने प्रसाइको आरोप गलत भएको बताए ।

उनले भने, ‘यो एकदमै कल्पना नै गर्न नसकिने कपोकल्पिक कुरा भयो, घुस मागेको प्रमाण देखाउन म चुनौती दिन्छु, यो धेरै सिरियस कुरा हो,उहाँलाई भेट्ने कुरै छोड्नुस्, म द्धारीका होटलमा म नगएको एकवर्ष भयो होला ।’

प्रसाइले बि एण्ड सी मेडिकल कलेजको सम्बन्धनको लागि निवेदन दिन आएपनि कागजात नपुगेपछि कागजात लिएर आउनु भनेको बताए ।
‘उहाँले आयोगमा निवेदन दिन आउँनुभएको थियो, तर निवेदन मात्र थियो, त्यसैले डकुमेन्टहरु समिट गरेर आउनु भनेको हो,’ आयोगका उपाध्यक्ष डा गिरीले खबरहबसँग भने ।

प्रसाइको आरोपसँगै डा गिरीले चिकित्सा शिक्षा आयोगमा आकस्मिक बैठक राखेका छन् । उनले आजै साँझ ४ बजे तीनकुनेमा पत्रकार सम्मेलन समेत गर्दैछन् ।

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  ३ : ०१ बजे

काठमाडौंमा शहिद स्मारक एन्फा महिला लिग सुरु हुँदै

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा चैत ४ गते

युक्रेनले इरानको आक्रमणविरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने

एजेन्सी– युक्रेनले इरानी आक्रमणविरुद्ध खाडी सहयोग परिषद (जीसीसी) राज्यहरूको समर्थन

रास्वपाबारे शंकर पोखरेल : लोकप्रियतावाद र अराजकतावादको जगमा उदायो, जनताले एमालेको साथ छाडेका छैनन्

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले राष्ट्रिय स्वतन्त्र पार्टी

इरानका सुरक्षा प्रमुख अली लारिजानी मारिएको इजरायली रक्षामन्त्रीको दाबी

काठमाडौं- इजरायलले इरानमा गरिएको कारवाहीमा परी सुरक्षा प्रमुख अली लारिजानी

नेप्से परिसूचक १३ अंकले बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार देखिएको