विकृत मनस्थिति भएका व्यक्तिले २० करोड घुस मागेको आरोप लगाए– उपाध्यक्ष गिरी « Khabarhub

विकृत मनस्थिति भएका व्यक्तिले २० करोड घुस मागेको आरोप लगाए– उपाध्यक्ष गिरी


२३ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– झापाको बीएण्डसी मेडिकल कलेजका सञ्चालक दूर्गा प्रसाईंले आफूसँग २० करोड घुस माग गरेको भन्दै लगाएको आरोपप्रति चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले आपत्ति जनाएका छन् ।

गिरीले बुधबार दिउँसो पत्रकार सम्मेलन गर्दै प्रसाईंले आफूमाथि मिथ्या, कपोलकल्पित, भ्रामक र निन्दनीय आरोप लगाएको बताए ।

प्रसाईंले बुधबार दिउँसो पत्रकार सम्मेलन गर्दै आफ्नो मेडिकल कलेजलाई सम्बन्ध दिने प्रयोजनका लागि चिकित्सा शिक्षा अयोगका उपाध्यक्ष गिरीले २० करोड घुस मागेको आरोप लगाएका थिए ।

मेडिकल कलेजलाई सम्बन्धन दिनका लागि आयोगमा निवेदन दिएको र त्यसपछि उपाध्यक्ष गिरीले मंसिर १५ गते द्वारिकाज होटलमा भेट्न बोलाएर २० करोड घुस मागेको प्रसाईंको आरोप थियो ।

आफूले २० करोड रुपैयाँ घुस दिन नसक्ने जनाएपछि गिरीले आफ्नो सम्धीका नाममा २० प्रतिशत शेयर पास गर्नु भन्ने प्रस्ताव राखेको पनि प्रसाईंले आरोप लगाएका थिए ।

प्रसाईंले पत्रकार सम्मेलन गरेर घुस माग गरेको आरोप लगाएपछि गिरीले पनि बुधबार नै पत्रकार सम्मेलन आयोजना गरेर आफूमाथि आरोप प्रमाणित गर्न चुनौती दिए ।

‘चिकित्सा शिक्षा क्षेत्रमा भएका विकृति सुधारको आँट गरेर आयोगमा आएको हुँ,’ गिरीले भने, ‘विकृत मनस्थिति भएका व्यक्तिले चिकित्सा शिक्षा सुधारको अभियानमा अवरोध सिर्जना गर्न खोजेर नानाथरी आरोप लगाइरहेका छन् । मैले यो पदमा आउँदासम्म पनि कसैलाई १ रुपैयाँ खुवाएको छैन ।’

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  ४ : ४४ बजे

तस्बिरमा हेर्नुहोस्, राप्रपाको सांसद अभिनन्दन तथा नयाँ वर्ष शुभकामना कार्यक्रम 

काठमाडौं– राप्रपाले सांसद अभिनन्दन तथा नयाँ वर्ष शुभकामना कार्यक्रम आयोजना

बालबालिका वडातहदेखि संसद्सम्मको अभ्यासमा व्यस्त

भक्तपुर– देशको राज्यव्यवस्था सञ्चालन र सुशासनबारे बालबालिकालाई जानकारी दिने उद्देश्यले

चर्चामा ‘पारी बुटोल’को टिजर

काठमाडौं – ग्याङस्टार जनारमा निर्माण भएको फिल्म ‘पारी बुटोल’ को

गृहमन्त्री गुरुङ भन्छन्- आरोप र सत्य एउटै कुरा होइन

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले आफ्नो नाम जोडिएर उठेको सेयर लगानी

विवादमा मुछिएपछि गृहमन्त्रीको स्पष्टीकरण : २५ लाख सेयर लुकाइएको होइन, अनुसन्धानमा सघाउँछु

काठमाडौं- गृहमन्त्री सुधन गुरूङले आफ्नो नाम जोडिएर उठेको सेयर लगानी