टाटा नेक्सन बन्यो कर्पोरेट क्षेत्रको पहिलो रोजाई « Khabarhub

टाटा नेक्सन बन्यो कर्पोरेट क्षेत्रको पहिलो रोजाई


२३ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- टाटा मोटर्सको नेपालका लागी एक मात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ प्रालिले नेपाली बजारमा ल्याएको टाटा नेक्सन, कर्पोरेट क्षेत्रको पहिलो रोजाई बन्न पुगेको बताएको छ ।

टाटा नेक्सन ग्लोबल एनक्यापबाट फाइभ स्टार सेफ्टी रेटिङ प्राप्त गर्न सफल कम्प्याक्ट क्रसओभर एसयूभी हो । यात्रुको पूर्ण सुरक्षाका लागि नेक्सनको बाहिरी बनावट तथाभित्र राखिएको प्रविधिमा विशेष ध्यान पुर्‍याइएको छ ।

२०९ एम एम ग्राउन्ड क्लियरेन्स रडुअल फ्रन्टल एअरब्यागहरू तथा जस्ता विशेषताहरूले चालक तथा यात्रुहरुलाई आरामदायी यात्रा र पूर्ण सुरक्षा प्रदान गर्दछ ।

हालैमात्र नेपाल एसबिआई बैंक (काठमाडौं) र गोदावरी आइरन स्टोर (हेटौंडा)लाई टाटा नेक्सनका बिभिन्न भेरियन्टहरू भव्य रुपमा डेलिभरि गरिएको छ भने अन्य बैंक तथा बित्तिय संस्थाहरु र व्यवसायीक क्षेत्रहरुबाट अग्रिम बुकिङ भैरहेको छ ।

एरोडाइनमिक सिलुएट भएको र स्पोर्टी डिजाइन रहेको टाटा नेक्सन छ वटा भेरियन्टहरू डिजेल र पेट्रोल इन्जिनमा उपलब्ध छ ।

साथै नयाा वर्षको अवसरमा टाटा मोटर्सले ल्याएको नयाा वर्षमा नयाँ कार योजनाले पनि ग्राहक वर्गमा थप उत्साह बढेको कम्पनीले जानकारी दिएको छ ।

यो योजनाअनुसार जनवरी महिनाभरि नै जुनसुकै ब्राण्डका गाडीहरु एक्सचेन्जमा रु १ लाखसम्मको एक्सचेन्ज बोनस, टेष्ट ड्राइभमा आर्कषक उपहार र प्रत्येक गाडीको खरिदमा एक जोडीलाई स्योर सर्ट सिंगापुर क्रुज, डिनर लगायतकाविशेष आर्कषणहरु रहेका छन् ।

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  ५ : ४० बजे

आज बीपी कोइरालाको ४४औँ स्मृति दिवस, कांग्रेसको संस्थापन र इतर पक्षको छुट्टाछुट्टै कार्यक्रम

काठमाडौँ– नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद

लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले लागूऔषधसहित देशका विभिन्न स्थानबाट १७ जनालाई पक्राउ

दुई फर्मलाई विभागको जरिवाना

काठमाडौँ– स्थलगत अनुमगनका क्रममा कैफियत भेटिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता

बीपी स्मृति दिवसमा कांग्रेसबाट ‘ग्रिन रन’ आयोजना

काठमाडौँ– नेपाली कांग्रेसले जननायक तथा नेपालका जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको

एस्टन भिल्ला छाडेका रोजर्सलाई चेल्सीले तिर्‍यो १५ करोड ६५ लाख डलर

काठमाडौँ – इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले इंग्ल्यान्डका फरवार्ड मोर्गन