नविल बैंकले ३४ प्रतिशत लाभांश दिने « Khabarhub

नविल बैंकले ३४ प्रतिशत लाभांश दिने


२३ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नविल बैंकको वार्षिक साधारण सभाले ३४ प्रतिशत लाभांश दिने सञ्चालक समितिको प्रस्ताव पारित गरेको छ ।

बैंकको साधारणसभाले १२ प्रतिशत बोनस शेयर र २२ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गरेको हो । बैंकको लाभांश पारित भएसँगै १० अर्ब ९ करोड ३२ लाख ६६ हजार ८४८ रुपैयाँ चुक्ता पूँजी पुग्नेछ । त्यस्तै बैंकले ११ अर्ब अधिकृत पूँजी पुग्याउने विशेष प्रस्ताव पनि पारित गरेको छ ।

साधारण सभामा शेयरधनीहरुले शाखा विस्तारसँगै आफ्नै पूँजीबाट बैंकलाई बलियो बनाउनु सुझाव दिएका थिए । त्यस्तै शेयरधनीहरुले बैंकले नगद लाभांश भन्दा बोनस शेयरलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए ।

बैंकका अध्यक्ष शम्भुप्रसाद पौडेलले बैंकसँग भएको जगेडाकोष तथा सञ्चित मुनाफा बलियो भएकाले आवश्यक परेमा ठुलो बैंक हुन कुनै समस्या नरहेको बताए । नविल बैंकको जगेडाकोषमा १४ अर्ब १७ करोड रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  ७ : ५३ बजे

आज बीपी कोइरालाको ४४औँ स्मृति दिवस, कांग्रेसको संस्थापन र इतर पक्षको छुट्टाछुट्टै कार्यक्रम

काठमाडौँ– नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद

लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले लागूऔषधसहित देशका विभिन्न स्थानबाट १७ जनालाई पक्राउ

दुई फर्मलाई विभागको जरिवाना

काठमाडौँ– स्थलगत अनुमगनका क्रममा कैफियत भेटिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता

बीपी स्मृति दिवसमा कांग्रेसबाट ‘ग्रिन रन’ आयोजना

काठमाडौँ– नेपाली कांग्रेसले जननायक तथा नेपालका जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको

एस्टन भिल्ला छाडेका रोजर्सलाई चेल्सीले तिर्‍यो १५ करोड ६५ लाख डलर

काठमाडौँ – इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले इंग्ल्यान्डका फरवार्ड मोर्गन