अनमोल भन्छन् – स्किृप्टमा थप मेहनत गरेर राम्रो सिनेमा बना‌औं भन्नु गल्ती हो ? « Khabarhub

अनमोल भन्छन् – स्किृप्टमा थप मेहनत गरेर राम्रो सिनेमा बना‌औं भन्नु गल्ती हो ?


२५ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ठगीको आरोपमा प्रहरीमा उजुरी परेपछि अभिनेता अनमोल केसीले सामाजिक सञ्जाल फेसबूकमार्फत स्पष्टीकरण दिएका छन् । उनले यो फिल्मलाई अझै राम्रो बनाउन स्किृप्टमा थप तयारी गर्न समय मागेको तर ‘धुपौरे’ निर्माता निर्देशकले ठगी मुद्दामा उजुरी हालेको बताएका छन् ।

सामाजिक सञ्जालमा एक लामो स्टाटस लेख्दै केसीले आफूले स्किृप्ट रिजेक्ट गरेको र पैसा फिर्ता दिन खोज्दा निर्माताले नलिएको बताएका छन् ।

‘धुपौरे’ साइन गर्दा मैले यसको वानलाइन स्टोरी मात्र सुनेको थिएँ, स्किृप्ट तयार भएर आउँदा त्यो मैले सुनेको वानलाइनभन्दा धेरै फरक लाग्यो,’ अनमोलले भनेका छन्, ‘मैले निर्माता निर्देशकलाई स्किृप्टमा थप का मगर्न आग्रह गरेँ, स्किृप्टमा थप मेहनत गरेर अझै राम्रो सिनेमा बनाऊँ भन्नु के मेरो गल्ती हो र ?’

अनमोले आफूले पैसा फिर्ता दिन खोज्दा निर्माता नमानेको समेत आरोप लगाएका छन् । पैसा फिर्ता लिन नमानेर अचानक आफूमाथि ठगीको आरोप लागेको सुन्दा स्तब्ध भएको अनमोलले सामाजिक सञ्जालमार्फत बताएका छन् ।

साथै उनले आफूले लिएको एडभान्स रकम जतिबेला पनि फिर्ता गर्न आफू तयार भएको प्रतिक्रिया दिएका छन् ।

यतिबेला फिल्म ‘ए मेरो हजुर ४’ को छायांकनमा रहेका अनमोलविरुद्ध गत १६ फागुनमा महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी परेको थियो । उजुरी परेपछि प्रहरीले उनीमाथि सोधपुछ समेत गरेको थियो ।

उजुरीकर्ता जयन श्रेष्ठ र रुपेश खड्गीले ५ लाख एडभान्स लिएको तर फिल्म नखेलेको भन्दै ठगीको आरोपमा उजुरी दिएका थिए ।

‘धुपौरे’ फिल्मलाई साम्तेन भुटियाले निर्देशन गर्ने चर्चा थियो । यो फिल्म अनमोलले साइन गरेका थिए । पछि स्किृप्ट चित्त नबुझेको भन्दै उनले फिल्म रिजेक्ट गरेका थिए ।

त्यसपछि अनमोल र धुपौरे टिमबीच दूरी बढेको थियो ।

यस्तो छ अनमोलको स्टाटस:

म अनमोल केसी, म र मेरो फिल्म मन पराउनु हुने दर्शक तथा शुभचिन्तक एवं सञ्चारकर्मी मित्रहरु । म चलचित्र “ए मेरो हजुर ४” सुटिङ्गको सिलसिलमा व्यस्त भई काठमाण्डौ बाहिर भएको बेलामा म माथी ५ लाख रुपैयाँ ठगीको आरोप लागेको बारेमा मिडिया मार्फत सुनें र स्तब्ध भएको छु । यो कुराको स्पष्टिकरण म मिडियाकर्मी मित्रहरुको सामु उपस्थित भएरै दिन चाहन्थें तर म अहिले सुटिङ्गको क्रममा काठमाण्डौं बाहिर रहेकाले यही मार्फत आफ्नो कुरा राख्न चाहन्छु ।

करीब ३,४ महिना पहिला “धुपौरो” नामक सिनेमाको साइन गरेको थिएँ । फिल्म साइन गरे बापत फिल्मका निर्माताले साइनिङ्ग अमाउण्टको रुपमा रु. ५ लाख दिनु भएको थियो । यहाँहरु सबैलाई अवगतै छ कि मैले फिल्म साइन गर्दा मेरो विवेकले भ्याएसम्म स्क्रीप्टलाई प्राथमिकता दिने गरेको छु । “धुपौरो” साइन गर्दा मैले यसको वानलाइन स्टोरी मात्र सुनेको थिएँ । स्क्रीप्ट तयार भएर आउँदा त्यो मैले सुनेको वानलाइन भन्दा धेरै फरक थियो । मैले निर्माता निर्देशकलाई स्क्रीप्टमा थप काम गर्न आग्रह गरें ।

स्क्रीप्टमा थप मेहनत गरेर अझै राम्रो सिनेमा बनाऊ भन्नु के मेरो गल्ती हो र ? तर उहाँहरुले त्यही स्क्रीप्टमा सुटिङ्गमा जान मलाई कर गर्नु भयो जुन मैले मानिन् । यही कुरामा मत बाझियो र यही स्क्रीप्टमा फिल्म बनाउनुहुन्छ भने तपाईँहरुको पैसा फिर्ता लिन सक्नुहुन्छ भन्दा उहाँहरुले लिन मान्नु भएन । र, अहिले अचानक उल्टो म माथी ठगीको आरोप लागेको सुन्दा म स्तब्ध भएको छु ।

अहिले पनि उहाँहरुले मैले लिएको पैसा जतिबेला पनि लिएर जान सक्नुहुनेछ । मैले यसो भनिरहदा धेरैलाई लाग्न सक्छ पुरै स्क्रीप्ट नपढी किन फिल्म साइन गरेको त ? मैले माथी नै भनिसकें कि नेपाली फिल्म इन्ड्रष्टी सानो छ र यहाँ धेरै काम विश्वासका आधारमा हुन्छन् । मैले फिल्मको स्क्रीप्टमा थप होमवर्क गरौं भन्दा उहाँहरुले इगोको रुपमा लिनुभयो र म सुटिङ्गको शिलशिलामा बाहिर भएको मौका छोपी मेरो चरित्रहत्या गर्न खोज्नु भएकोमा म अत्यन्त दुखी भएको कुरा अवगत गराउँदै वहाँहरुसँग एडभान्स लिएको रकम जुनसुकै समयमा म फिर्ता दिन तयार रहेको जानकारी गराउन चाहन्छु ।

यो पनि पढ्नुहोस्:

ठगीको आरोपमा अनमोल केसीविरुद्ध उजुरी

प्रकाशित मिति : २५ फाल्गुन २०७६, आइतबार  ६ : ३० बजे

चिकित्सकमाथि आक्रमण गर्नेलाई फौजदारी अभियोगमा कारबाही गर्न माग 

काठमाडौं– नेपाल चिकित्सक संघ कोसीले नारायणी अस्पताल, वीरगन्जमा कार्यरत चिकित्सक

चिकित्सकमाथि आक्रमणको विरोधमा काठमाडौंमा प्रदर्शन, सेवा ठप्प

काठमाडौं– नारायणी अस्पतालमा चिकित्सकमाथि भएको हातपातको घटनाको विरोध गर्दै चिकित्सकहरूले

सेना र प्रहरी उतारेर सुनसरीको तनाव साम्य हुन सक्दैन : सीके राउत (अन्तर्वार्ता) 

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके) सुनसरीको देवानगञ्जमा भएको

विजयले सके ‘सिन्दुरे जात्रा’को सुटिङ, बीचमा भएका थिए घाइते

काठमाडौं – नायक विजय बरालले फिल्म ‘सिन्दुरे जात्रा’को सुटिङ पूरा

उत्पादन वृद्धि र नयाँ लगानीमा सरकारले जोड दिएको छ : अर्थमन्त्री वाग्ले

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उत्पादन क्षमतामा बृद्धि, व्यवसाय विस्तार