उत्पादन वृद्धि र नयाँ लगानीमा सरकारले जोड दिएको छ : अर्थमन्त्री वाग्ले « Khabarhub

उत्पादन वृद्धि र नयाँ लगानीमा सरकारले जोड दिएको छ : अर्थमन्त्री वाग्ले


१३ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उत्पादन क्षमतामा बृद्धि, व्यवसाय विस्तार र नयाँ लगानीमा सरकारको जोड रहेको बताएका छन् । 

मंगलबार मन्त्रालयमा नेपालमा उत्पादनमूलक उद्योग सञ्चालन गर्दै आएका उद्योगीहरूसँग छलफल गर्दै अर्थमन्त्री वाग्लेले देशमा सञ्चालनमा रहेका उत्पादनमूलक उद्योगहरूको क्षमता पूर्ण रूपमा उपयोग गर्ने, व्यवसाय विस्तारका लागि आत्मविश्वास बढाउने र नयाँ उद्योग तथा लगानीको वातावरण सिर्जना गर्ने लक्ष्यका साथ सरकार अघि बढिरहेको बताएका हुन्।

उत्पादन क्षमता, व्यवसाय विस्तार र नयाँ लगानीमा सुधार आए आर्थिक वृद्धि, रोजगारी, राजस्व र निर्यात स्वतः बढेर जाने उनले बताए । 

उनले सरकारले आफैँ व्यापार/उद्योग चलाउनुभन्दा पनि उद्योग संचालन र विस्तारका लागि अनुकूल वातावरण बनाउनेमा ध्यान केन्द्रित गरेको धारणा राखे । 

मन्त्री वाग्लेले उत्पादन लागत बढ्नुको कारण, लगानी आउन नदिनुका कारण, कानुनी वा प्रशासनिक जटिलताहरू जस्ता विषयहरू प्रतिवेदनमा मात्र सीमित नराखी व्यवहारिक रुपमा समाधान गर्ने प्रतिबद्धता समेत जनाए । 

त्यस्तै उनले बजेटमार्फत घोषणा गरिएका आर्थिक सुधारहरूको कार्यान्वयन पनि तीव्र गतिमा अघि बढिरहेको भन्दै आवश्यक कानुनी संशोधन, नियमावली, कार्यविधि तथा संस्थागत सुधारलाई समयबद्ध तालिका अनुसार कार्यान्वयन गरिने जनाए ।

पुँजीगत खर्चको गति बढाउने, आयोजना कार्यान्वयनलाई तीव्र बनाउने, पुँजी बजार र वित्तीय क्षेत्र सुदृढ गर्ने काम समानान्तर रूपमा अघि बढिरहेका उनको भनाइ छ । 

उनले उत्पादन, लगानी र उद्यमशीलताबाट स्वाभिमानी र समृद्ध नेपालको निर्माण सबैको साझा लक्ष्य भएको उल्लेख गरे । 

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार  २ : ०६ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का