बेलायतमा एकैदिन ५३९ को मृत्यु, ५ हजार ६ सयबढी संक्रमित « Khabarhub

बेलायतमा एकैदिन ५३९ को मृत्यु, ५ हजार ६ सयबढी संक्रमित


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट बेलायतमा एकै दिन ५३९ जनाले ज्यान गुमाएका छन् । यो सँगै बेलायतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३० हजार ६१५ पुगेको छ ।

एकैदिन ५ हजार ६१४ जनामा नयाँ संक्रमण देखिएको छ । बेलायतमा शुक्रबार बिहानसम्मको तथ्यांक अनुसार २ लाख ६ हजार ७१५ जनामा संक्रमण देखिएको छ ।

संक्रमितमध्ये १ लाख ७५ हजार ७५६ जनामा भाइरस सक्रिय छ । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररतमध्ये १ हजार ५५९ जनाको अवस्था गम्भीर छ ।

चीनको वुहानबाटा शुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१० देशमा फैलिएको छ ।

अहिलेसम्म विश्वमा ३९ लाख १२ हजार ३२६ जना संक्रमित छन् । जसमध्ये २ लाख ७० हजार ३४९ जनाले ज्यान गुमाएका छन् ।

सबैभन्दा बढी संक्रमण देखिएको अमेरिकामा कोरोनाको संक्रणबाट ज्यान गुमाउनेको संख्या ७६ हजार ९०५ पुगेको छ ।

एकै दिन २९ हजार २२ जनामा नयाँ संक्रमणदेखिएसँगै १२ लाख ९२ हजार ११४ जना संक्रमित छन् ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ६ : ०३ बजे

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा