कोरोना भाइरस : ज्यान गुमाउनेको संख्या २ लाख ७० हजार नाघ्यो, ३९ लाख १२ हजारबढी संक्रमित « Khabarhub

कोरोना भाइरस : ज्यान गुमाउनेको संख्या २ लाख ७० हजार नाघ्यो, ३९ लाख १२ हजारबढी संक्रमित


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ७० हजार ३४९ पुगेको छ । बितेको २४ घण्टामा ५ हजार ५१२ जनाको मृत्यु भएको छ ।

शुक्रबार बिहान यो समाचार तयार पार्दासम्म ३९ लाख १२ हजार ३२६ जनामा कोरोनाको संक्रमण देखिएको छ । एकैदिन ९४ हजार ९४४ नयाँ संक्रमित थपिएका छन् ।

संक्रमितमध्ये १३ लाख ४० हजार ५६८ जना उपचारपछि निको भएका छन् । बिरामी रहेका २३ लाख १ हजार ४०९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररत मध्ये ४८ हजार ९५८ जनाको अवस्था गम्भीर छ ।

त्यस्तै युरोपियन मुलुकमा कोरोना संक्रमितको संख्या १५ लाख ५३ हजार ६९९ पुगेको छ । एकै दिन २८ हजार ७५९ जनामा नयाँ संक्रमण देखिएको छ ।

युरोपका देशहरुमा अहिलेसम्म १ लाख ४८ हजार ४६१ जनाले ज्यान गुमाएका छन् । बितेको २४ घण्टामा मात्रै १ हजार ८३० जनाको मृत्यु भएको छ ।

अहिलेसम्म ६ लाख ११ हजार ५२९ जना उपचारपछि निको भएका छन् भने ७ लाख ९३ हजार ७०९ जनाको उपचार भइरहेको छ । उनीहरुमध्ये १५ हजार ४०४ जनाको अवस्था गम्भीर छ ।

एसियाली देशका कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २१ हजार २०५ पुगेको छ । एकैदिन ३९९ जनाको मृत्यु भएको छ ।

१५ हजार ४३९ नयाँ संक्रमित थपिएसँगै ६ लाख १८ हजार ५०४ जनामा संक्रमण देखिएको छ । संक्रमित ३ लाख ३८ हजार ६४० जना निको भएका छन् ।  २ लाख ५८ हजार ६५९ जनाको उपचार भइरहेको छ । जसमध्ये ५ हजार २०१ जनाको अवस्था गम्भीर छ ।

उत्तर अमेरिकी मुलुकमा कोरोना संक्रमितको संख्या १४ लाख ८ हजार ८०८ पुगेको छ । एकैदिन ३२ हजार ९०७ जनामा नयाँ संक्रमण फेला परेको छ । अहिलेसम्म कोरोनाकै कारण ८४ हजार ९३८ जनाले ज्यान गुमाएका छन् ।

दक्षिण अमेरिकी मुलुकमा पनि आज एकैदिन १५ हजार २३१ जनामा नयाँ संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या २ लाख ६६ हजार ८४२ पुगेको छ । मृतकको संख्या १३ हजार ५३२ पुगेको छ ।

संक्रमितमध्ये ९३ हजार ९२० निको भएका छन् भने १ लाख ५९ हजार ३९० जनाको उपचार भइरहेको छ ।

अफ्रिकी मुलुकमा ५५ हजार २६३ मा कोरोनाको संक्रमण देखिएको छ । अहिलेसम्म २ हजार ८० जनाले ज्यान गुमाएका छन् । अस्ट्रेलियासहित ओसियान मुलुकमा ११८ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म ८ हजार ४८९ जनामा संक्रमण देखिएको छ ।

चीनको वुहानबाटा शुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१० देशमा फैलिएको छ ।

अहिलेसम्म विश्वमा ३९ लाख १२ हजार ३२६ जना संक्रमित छन् । जसमध्ये २ लाख ७० हजार ३४९ जनाले ज्यान गुमाएका छन् ।

सबैभन्दा बढी संक्रमण देखिएको अमेरिकामा कोरोनाको संक्रणबाट ज्यान गुमाउनेको संख्या ७६ हजार ९०५ पुगेको छ ।

एकै दिन २९ हजार २२ जनामा नयाँ संक्रमणदेखिएसँगै १२ लाख ९२ हजार ११४ जना संक्रमित छन् ।

स्पेनमा कोरोना संक्रमितको संख्या २ लाख ५६ हजार ८५५ पुगेको छ । बितेको २४ घण्टामा ३ हजार १७३ जनामा नयाँ संक्रमण देखिएको छ ।

२४ घण्टामा २१३ जनाले ज्यान गुमाएका छन् । यो सँगै स्पेनमा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २६ हजार ७० पुगेको छ ।

संक्रमित १ लाख ६३ हजार ९१९ जना निको भएका छन् । अहिले ६६ हजार ८६६ जनाको उपचार भइरहेको छ । उपचारतमध्ये १६ हजार ९९५ को अवस्था गम्भीर छ ।

बेलायतमा एकै दिन ५३९ जनाले ज्यान गुमाएका छन् । यो सँगै बेलायतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३० हजार ६१५ पुगेको छ ।

एकैदिन ५ हजार ६१४ जनामा नयाँ संक्रमण देखिएको छ । बेलायतमा शुक्रबार बिहानसम्मको तथ्यांक अनुसार २ लाख ६ हजार ७१५ जनामा संक्रमण देखिएको छ ।

संक्रमितमध्ये १ लाख ७५ हजार ७५६ जनामा भाइरस सक्रिय छ । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररतमध्ये १ हजार ५५९ जनाको अवस्था गम्भीर छ ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ६ : ३१ बजे

विश्वविद्यालय परिसरमा चिनियाँ राष्ट्रपतिको किताब जलाइएकोबारे छानबिन गर्न समिति

काठमाडौं- गृह मन्त्रालयले चिनियाँ राष्ट्रपति सी चिनफिङद्वारा लिखित पुस्तक ‘द

आशिकाविरुद्ध उत्रिए धादिङका सबै स्थानीय तह, गैरकानुनी निर्देशन नमान्ने

धादिङ- धादिङ क्षेत्र नम्बर २ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका

विश्वप्रकाशले भने : सभापतिको राजीनामा अस्वीकृत हुन्छ, त्यही प्रस्ताव ल्याउँछौँ

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा ले सभापति गगनकुमार थापा

अवैध लागूऔषधसहित तीनजना पक्राउ

‍काठमाडौं–  काठमाडौंको नागार्जुन नगरपालिका-६ शरणपुर चोक नजिक कैलास बैकुण्ठ खाजा तथा सेकुवा

कांग्रेसका ७८ वर्षीय केसीले अरू सांसदलाई शपथ खुवाउने

काठमाडौं- नेपाली कांग्रेसका समानुपातिक सांसद अर्जुननरसिंह केसीले नवनिर्वाचित अरू सांसदहरूलाई