लकडाउनले गोदाममै थन्कियो अदुवा | Khabarhub Khabarhub

लकडाउनले गोदाममै थन्कियो अदुवा


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी- कोरोना भाइरस रोकथाम तथा निण्न्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण जिल्लाका विभिन्न ठाउँमा सङ्कलन गरिएको अदुवा जिल्ला बाहिर निकासी हुनसकेको छैन ।

लामो समयदेखि लकडाउन भएका कारण सङ्कलित अदुवा गोदाममै थन्किएको अदुवा व्यापारीले गुनासो गरेका छन् ।

कोरोना भाइरसको कहरका कारण अदुवा भारत निकासी गर्न समस्या भएपछि करोडौँ मूल्यको अदुवा जिल्लाको बडिकेदार गाउँपालिका बिपीनगरको गोदाममा राखिएको व्यापारीको भनाइ छ । व्यापारीका अनुसार गाउँघरका किसानबाट सङ्कलन गरिएको अदुवा निकासी, पैठारीमा बन्द भएपछि गोदाममै थन्किएको हो ।

व्यापारीले किसानबाट फागुनसम्म अदुवा सङ्कलन गरी चैत महिनादेखि भारतका विभिन्न ठाउँमा निकासी गर्दै आए पनि लकडाउनका कारण निकासी गर्न नसक्दा गोदाममै थन्किएको बडिकेदार गाउँपालिका–१ का अदुवा व्यापारी खड्कबहादुर खत्रीले बताए । उनले भने, ‘सङ्कलित अदुवा हामीले चैतदेखि जेठसम्म जिल्ला बाहिर निकासी गर्दै आएका थियौँ । लकडाउनले निकासी गर्न नसक्दा गोदाममै थन्कियो । धेरै दिन थन्किए कुहिने डर छ ।’

व्यापारीले त्यहाँका गाउँ–गाउँबाट सङ्कलित अदुवा महिनौँदेखि गोदाममै छन् । अदुवा निकासी ठप्प भएपछि जिल्लाबाट अदुवा लैजान नपाएको अदुवा सङ्कलन गर्ने भारतीय व्यापारी राम गुप्ताले बताए । उनले भने, ‘लाखौँ रकम हालेर अदुवा सङ्कलन गरियो । निकासी गर्नेबेला लकडाउन भएपछि गोदाममै थन्क्याउनु पर्‍यो । निकै घाटा भएको छ ।’

धेरै दिन त्यत्तिकै अदुवा गोदाममा थन्क्याए बिग्रने भएकाले अदुवा व्यापारीलाई चिन्ताले सताउनुका साथै लगानी डुब्ने डरले पिरोलिएको छ । बारीबाट खनेर अदुवा निकालेपछि धेरै दिन गोदाममा राख्दा तौल पनि घट्ने र कुहिएर जाने भएकाले व्यापारीलाई चिन्ता थपिएको बिपीनगरका स्थानीय रोजबहादुर कलेलले बताए । उनले भने, ‘अदुवा धेरै समय खुला ठाउँ तथा गोदाममा भण्डारण गरेर राख्दा करिब १० प्रतिशत तौल कम हुने गर्छ, समयमै व्यवस्थापन गर्न नसकिए यो वर्ष अदुवा व्यापारीलाई निकै घाटा हुने छ ।’

यतिमात्र नभइ भण्डारणका लागि उपयुक्त स्थान नहुँदा किसानबाट किनेको अदुवा व्यापारीले खुल्ला सडकपेटीमा थुपारेका कारण दैनिक अदुवाको तौल घटिरहेको व्यापारीको गुनासो छ । त्यस्तै बजार क्षेत्रमा खुलारूपमा अदुवा राख्नु पर्दा चोरी हुने गरेको उनीहरुको भनाइ छ ।

बिपीनगरमा थुपारिएको करोडौँको अदुवाबाट दैनिक दुई–चार केजीभन्दा बढी अदुवा नास भएर गइरहेको स्थानीय लक्षमणबहादुर मगरले बताए ।

उनले भने, ‘बजारमा खुलारूपमा अदुवा राखिएको छ, कतिपय छाडा चौपायाले खाएर नोक्सानी गरेका छन् भने कतिपय चोरी हुन थालेको छ ।’

जिल्ला कृषि ज्ञान केन्द्र डोटीका अनुसार गत वर्ष जिल्लामा २४० हेक्टर क्षेत्रफलमा लगाइएको अदुवा खेतीबाट दुई हजार ५०० मेट्रिकटन अदुवा उत्पादन भएको थियो । यहाँ उत्पादित अदुवाको मुख्य बजार भारत हो । अदुवा किसानका मागलाई बिगतदेखि सरकारले उचित सम्बोधन गर्न नसकेका कारण अदुवा खेतीप्रति किसान निरास हुनुपरेको अदुवा व्यवसायीको भनाइ छ ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ७ : ३४ बजे

रास्वपाले बहिष्कार गर्‍यो संसद् बैठक (तस्बिरहरू)

काठमाडौं– प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा बैठक बहिष्कार

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ– मनाङ र लमजुङ जोड्ने एकमात्र बेँसीसहर–चामे सडक पहिरो खस्दा

राप्रपापछि रास्वपाले पनि बहिष्कार गर्‍यो संसद्

काठमाडौं– प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा बैठक बहिष्कार

दुई मन्त्रालयको बजेटमाथि शुक्रबार छलफल नहुने, कार्यसूचीबाट हटाइयो

काठमाडौं– प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमपछि अन्य दुई मन्त्रालयको विनियोजित बजेटमाथिको

कालो कपडा र निलो स्कार्फमा रास्वपाका सांसदहरू 

काठमाडौं– प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू शुक्रबार पनि