तिम्ल्याहा सन्तानकी आमा बनिन् सपना « Khabarhub

तिम्ल्याहा सन्तानकी आमा बनिन् सपना


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

कास्की- पोखरा नगरपालिका–१७ की सपना भण्डारीले तिम्ल्याहा बच्चा जन्माएकी छिन् ।

सपनाले मणिपाल शिक्षण अस्पतालमा तिम्ल्याहा सन्तान जन्माएकी हुन् । बुधबार बेलुका सपनालाई ब्यथा लागेपछि मणिपाल शिक्षण अस्पताल भर्ना गरिएको थियो ।

बिहीबार बिहान डाक्टरले सपनाको शल्यक्रिया गरेर बच्चहरु निकालेका हुन् । ७ महिनामै जन्मिएका तीनै जना सन्तान र सपनाको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकले जनाए ।

सपनाले २ छोरा र १ छोरीलाई जन्म दिएकी हुन् । पहिलो बच्चाको रुपमा जन्मिएकी छोरी १.३ केजी तौलकी छन् । दोस्रो र तेस्रो बच्चा समान १.२ केजी तौलका भएको अस्पतालले जनाएको छ ।

स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. महेन्द्र पाण्डे र डा. बालकृष्ण तनेजालगायतले सपनाको शल्यक्रिया गरेका थिए ।

नवजात शिशुहरुको अवस्था सामान्य भएपनि तौल कम भएका कारण केही दिन एनआईसीयूमा राख्नुपर्ने उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ८ : ०२ बजे

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर