तिम्ल्याहा सन्तानकी आमा बनिन् सपना « Khabarhub

तिम्ल्याहा सन्तानकी आमा बनिन् सपना


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

कास्की- पोखरा नगरपालिका–१७ की सपना भण्डारीले तिम्ल्याहा बच्चा जन्माएकी छिन् ।

सपनाले मणिपाल शिक्षण अस्पतालमा तिम्ल्याहा सन्तान जन्माएकी हुन् । बुधबार बेलुका सपनालाई ब्यथा लागेपछि मणिपाल शिक्षण अस्पताल भर्ना गरिएको थियो ।

बिहीबार बिहान डाक्टरले सपनाको शल्यक्रिया गरेर बच्चहरु निकालेका हुन् । ७ महिनामै जन्मिएका तीनै जना सन्तान र सपनाको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकले जनाए ।

सपनाले २ छोरा र १ छोरीलाई जन्म दिएकी हुन् । पहिलो बच्चाको रुपमा जन्मिएकी छोरी १.३ केजी तौलकी छन् । दोस्रो र तेस्रो बच्चा समान १.२ केजी तौलका भएको अस्पतालले जनाएको छ ।

स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. महेन्द्र पाण्डे र डा. बालकृष्ण तनेजालगायतले सपनाको शल्यक्रिया गरेका थिए ।

नवजात शिशुहरुको अवस्था सामान्य भएपनि तौल कम भएका कारण केही दिन एनआईसीयूमा राख्नुपर्ने उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ८ : ०२ बजे

सिक्टा सिँचाइ : पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

राँझा–  बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी पाँच

बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण प्रक्रियालाई तत्काल अगाडि बढाउने

आतङ्कवादविरुद्ध अन्तर्राष्ट्रिय सहकार्य थप आवश्यक : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– संयुक्त राष्ट्रसङ्घले आतङ्कवादको बदलिँदो स्वरूप र प्रविधिको बढ्दो दुरुपयोगसँगै यसविरुद्ध

पशुपति क्षेत्रमा तीजका लागि सफाइ

काठमाडौं– हरितालिका (तीज) को तयारीस्वरूप पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ

नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालन

त्रिशूली– भोटेकोशी नदीमा आएको बाढीपश्चात् उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर