स्वयंसेवकहरुको सम्मानमा ‘ताली बजाएर’ विश्व रेड क्रस दिवस मनाइँदै « Khabarhub

स्वयंसेवकहरुको सम्मानमा ‘ताली बजाएर’ विश्व रेड क्रस दिवस मनाइँदै


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज विश्व रेड क्रस दिवस । रेडक्रसमा आवद्ध स्वयंसेवक तथा सहयोगीहरुको सम्मानमा ताली बजाएर मनाइँदै छ ।

रेडक्रसका संस्थापक हेनरी ड्युनाको १ सय ९२ औँ जन्म दिवसका अवसरमा आज विश्वभर याे दिवस मनाइन्छ ।

विश्वभर कोरोना भाइरसको महामारीका कारण यो वर्ष दिवस फरक तरिकाले मनाइँदै छ ।

लकडाउनकाे बेला सेवा प्रवाहमा खटिएका स्वयंसेवक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई सम्मान गरी ताली बजाउनुहोस् भन्ने नाराका साथ नेपालमा दिवस मनाउन लागिएको हो ।

स्वयंसेकहरुको सम्मानमा सामाजिक सञ्जालमा तालीको सङ्केत दिने, अनुभवका कथा र सन्देश प्रकाशन र प्रसारण गर्ने तथा बिरामीलाई फलफुल वितरणजस्ता क्रियाकलाप गरिने रेड क्रसले जनाएको छ ।

विश्वभर रेडक्रसका १ करोड ३७ लाख स्वयंसेवकहरुले कोभिड १९ को पूर्वतयारी र प्रतिकार्यलगायतका काम गर्दै आएको रेड क्रसले जनाएको छ ।

नेपाल रेड क्रस सोसाइटीका अध्यक्ष संजीव थापा, नेपालमा रहेकाे रेड क्रसको अन्तर्राष्ट्रिय महासङ्घको कार्यालय प्रमुख हर्भे गाजेउ र रेड क्रसको अन्तर्राष्ट्रिय समितिको नेपाल मिसन प्रमुख जेरोम इम्स्टेम्फले ऐक्यबद्धतामा भिडियो सन्देशमार्फत् स्वयंसेवक, रक्तदाता, सहयोगी सबैलाई ताली बजाएर आभार व्यक्त गरेका छन् ।

 

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ८ : २३ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

काठमाडौँ– प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको

आज २०८३ साल साउन ९ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ९ गते शनिबार सन् २०२६

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला