संविधानले परिकल्पना गरेको न्यायापालिकामा कुनै आँच आउन दिन्न–प्रधानन्यायाधीश « Khabarhub

संविधानले परिकल्पना गरेको न्यायापालिकामा कुनै आँच आउन दिन्न–प्रधानन्यायाधीश


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले संविधानले परिकल्पना गरेको स्वतन्त्र र निष्पक्ष न्यायपालिकामाथि कुनै आँच आउन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

कानून दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानन्यायाधीश राणाले न्यायीक इतिहासको जटिल र कठिन परिस्थितिमा समेत स्वतन्त्र न्यायपालिकाको मुल्य मान्यतालाई कायम राखेको भन्दै आगामी दिनमा समेत कुनै आँच आउन नदिने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

प्रधानन्यायाधीश राणाले जारी सन्देमा भनिएको छ, ‘न्यायपालिकाको नेतृत्वको हैसियतबाट नेपालको संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा विधिको शासनको सुनिश्चितताको लागि सदा क्रियाशील रहने कुराको प्रतिबद्धता व्यक्त गर्दछु ।’

स्वतन्त्र न्यायपालिकाको छविमाथि कहीँ कतैबाट कुनै किसिमको आँच आउन नदिन सधै सचेत, गम्भीर र संवेदनशील रहेको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेपालको संविधानले लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका, कानूनी राज्यलगायतका मूल्य मान्यताहरूलाई आधारभूत संरचनाको रूपमा स्थापित गरेको भन्दै प्रधानन्यायाधीश राणाले सबैले आफ्नो दायित्व निर्वाह गनुपर्ने समेत बताएका छन् ।

शताब्दीकै ठुलो कोरोना महामारीका कारण “Pandemic Justice” सम्बन्धी छुट्टै विधिशास्त्रको विकासको आवश्यकता रहेकोसमेत अनुभूति गराएको प्रधानन्यायाधीश राणाले जारी गरेको सन्देशमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ८ : ५० बजे

इराक र साउदी अरबका विदेशमन्त्रीबीच टेलिफोन वार्ता, ड्रोन आक्रमणबारे छलफल

एजेन्सी– इराकका विदेशमन्त्री फुआद हुसेन र साउदी अरबका विदेशमन्त्री प्रिन्स फैसल बिन फरहान अल साउदबीच

सिक्टा सिँचाइ : पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

राँझा–  बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी पाँच

बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण प्रक्रियालाई तत्काल अगाडि बढाउने

आतङ्कवादविरुद्ध अन्तर्राष्ट्रिय सहकार्य थप आवश्यक : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– संयुक्त राष्ट्रसङ्घले आतङ्कवादको बदलिँदो स्वरूप र प्रविधिको बढ्दो दुरुपयोगसँगै यसविरुद्ध

पशुपति क्षेत्रमा तीजका लागि सफाइ

काठमाडौं– हरितालिका (तीज) को तयारीस्वरूप पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ