संविधानले परिकल्पना गरेको न्यायापालिकामा कुनै आँच आउन दिन्न–प्रधानन्यायाधीश « Khabarhub

संविधानले परिकल्पना गरेको न्यायापालिकामा कुनै आँच आउन दिन्न–प्रधानन्यायाधीश


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले संविधानले परिकल्पना गरेको स्वतन्त्र र निष्पक्ष न्यायपालिकामाथि कुनै आँच आउन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

कानून दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानन्यायाधीश राणाले न्यायीक इतिहासको जटिल र कठिन परिस्थितिमा समेत स्वतन्त्र न्यायपालिकाको मुल्य मान्यतालाई कायम राखेको भन्दै आगामी दिनमा समेत कुनै आँच आउन नदिने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

प्रधानन्यायाधीश राणाले जारी सन्देमा भनिएको छ, ‘न्यायपालिकाको नेतृत्वको हैसियतबाट नेपालको संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा विधिको शासनको सुनिश्चितताको लागि सदा क्रियाशील रहने कुराको प्रतिबद्धता व्यक्त गर्दछु ।’

स्वतन्त्र न्यायपालिकाको छविमाथि कहीँ कतैबाट कुनै किसिमको आँच आउन नदिन सधै सचेत, गम्भीर र संवेदनशील रहेको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेपालको संविधानले लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका, कानूनी राज्यलगायतका मूल्य मान्यताहरूलाई आधारभूत संरचनाको रूपमा स्थापित गरेको भन्दै प्रधानन्यायाधीश राणाले सबैले आफ्नो दायित्व निर्वाह गनुपर्ने समेत बताएका छन् ।

शताब्दीकै ठुलो कोरोना महामारीका कारण “Pandemic Justice” सम्बन्धी छुट्टै विधिशास्त्रको विकासको आवश्यकता रहेकोसमेत अनुभूति गराएको प्रधानन्यायाधीश राणाले जारी गरेको सन्देशमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ८ : ५० बजे

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर