संघीय संसदको बजेट अधिवेशन आजबाट सुरु « Khabarhub

संघीय संसदको बजेट अधिवेशन आजबाट सुरु

यस्तो छ आजको कार्यसूची


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संघीय संसदको बजेट अधिवेशन आज (शुक्रबार)बाट सुरु हुँदैछ । लकडाउनकै बीच अपराह्न ४ बजे बजेट अधिवेशनअन्तर्गत प्रतिनिधि सभाको पहिलो बैठक बोलाइएको छ ।

यस वर्षको बजेट अधिवेशन कोरोना भाइरस र लकडाउनका कारण ढिलो गरी आह्वान भएको छ । सोही कारण संसद सचिवालयले नीति तथा कार्यक्रम आउनुअघि नै ‘प्रिबजेट’ छलफल गर्ने कार्यसूची बनाएको छ ।

बजेटका सिद्धान्त र प्राथमिकतामाथिको (प्रिबजेट) छलफल वैशाख २८ गतेबाट सुरु हुने कार्यतालिका बनाइएको छ । बजेट प्रस्तुत गर्नु १५ दिन अगावै प्रिबजेट छलफल सक्नुपर्ने संसद् नियमावलीमा व्यवस्था अनुसार वैशाख मसान्तभित्र प्रिबजेट छलफल सम्पन्न गरिसक्नुपर्छ ।

जेठ १५ मा संसद्का दुवै सदनमा बजेट प्रस्तुत गर्नैपर्ने संवैधानिक व्यवस्था रहेकाले त्यसका लागि समय कम छ । यसअघि बजेटमाथिको छलफल हुनुअगावै सरकारको नीति तथा कार्यक्रम ल्याउने प्रचलन थियो । तर यसपटक लकडाउनका नीति तथा कार्यक्रम ल्याइएको छैन ।

यस्तो छ आजको कार्यसूची

आजको प्रतिनिधिसभा बैठकको सुरुमै सभामुखले राष्ट्रपतिबाट बजेट अधिवेशन आह्वान गरिएको पत्रको व्यहोरा पढेर सुनाउनुहुने कार्यतालिकामा उल्लेख छ ।

त्यसपछि “काठमाडौं उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६” र “पारमाणविक विधेयक, २०७६” को सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने जनाइएको छ ।

आजकै बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले “संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७” र गृहमन्त्री रामबहादुर थापाले “राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७” पेश गर्ने सम्भावित कार्यसूची राखिएको छ । यसअघि यी दुवै अध्यादेश राष्ट्रपतिबाट फिर्ता भएका थिए ।

साथै कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा शिवमाया तुम्वाहाङफेले “केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउने अध्यादेश, २०७७” पेश गर्ने कार्यसूची समेत रहेको छ ।

यसैबीच, अधिवेशन सुरु भएसँगै संसद भवनमा भीड लाग्ने भएकाले कोरोना संक्रमणको जोखिमलाई समेत ध्यान दिइएको छ । संसदमा मन्त्री, सांसद, कर्मचारी, सुरक्षाकर्मी र नेताहरूका सहयोगीका साथै सञ्चारकर्मीसमेत एकै ठाउँ भीडभाड हुने हुँदा संक्रमणको जोखिम रहन्छ । यसै कुरालाई ध्यानमा राखी सरकारले सबै सांसदहरुको कोरोना भाइरस परीक्षण गरिरहेको छ ।

बिहीबार २ सय १२ सांसदसहित ४ सय ४१ जनाको थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि प्रयोगशालामा पठाइएको जनाइएको छ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ९ : ०८ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

काठमाडौँ– प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको

आज २०८३ साल साउन ९ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ९ गते शनिबार सन् २०२६

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला