काठमाडौंको रवीभवनमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु « Khabarhub

काठमाडौंको रवीभवनमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको रवीभवमा आज विहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

कल‌ंकीबाट कालीमाटीतर्फ आइरहेकाे बा २१ च ४३४७ नम्बरको कारमा वपरित दिशाबाट गएको बा ७२ प ८१७२ नम्बरको मोटसरकाइल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी मोरङ बेलबारीका २३ वर्षीय टीकाराज गेलालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कालीमाटीबाट तीब्र गतिमा कलंकीतर्फ गएको मोटरसाइकल चालकले सन्तुलन गुमाउँदा विपरीत लेनमा गई कारसँग ठोक्किन पुगेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते मोटरसाइकल चालकलाई उपचारका लागि कलंकीस्थित नेशनल अस्पताल पुर्‍याए पनि उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दियो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कारको चालक स्युचाटार बस्ने कर्नेल शेखर जबरा प्रहरीको नियन्त्रणमा छन् ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  १० : ३६ बजे

होर्मुज खुल्नुअघि नै युद्ध अन्त्यको संकेत

एजेन्सी– मध्यपूर्वमा जारी तनावबीच डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले होर्मुज

जेन-जी रेडफोर्सकी संयोजक तिमल्सिना पक्राउ, सरकारको आलोचना नगर्ने सर्तमा छाडियो

काठमाडौं– नेकपा सम्बद्ध जेन–जी रेडफोर्सकी संयोजक स्मृति तिमल्सिनालाई प्रहरीले नियन्त्रणमा

एमाले सांसदहरूले ओलीलाई रिहा गर्नु भन्दा केही बोलेनन् प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार पनि प्रदेशगत रुपमा सांसदहरूसँग छलफल

शासकीय सुधारका कार्यसूची : एक महिनाभित्र बन्नेछन् यी समिति, कार्यदल र अध्ययन टोली

काठमाडौं– सरकारको कार्यसम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही बनाउन मन्त्रिपरिषद्बाट

जरूरी आयोजनालाई प्राथमिकता दिएर अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले अत्यन्त जरुरी आयोजनाहरूलाई प्राथमिकताका आधारमा अघि