बेलायतका प्रधानमन्त्री जोनसनले गरे दोश्रो श्रीमतीसँग ‘डिभोर्स’ « Khabarhub

बेलायतका प्रधानमन्त्री जोनसनले गरे दोश्रो श्रीमतीसँग ‘डिभोर्स’


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो दोश्रो श्रीमती मरीना ह्वीलरसँग सम्बन्ध बिच्छेद गरेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ह्विलरले फेब्रुअरीमा सम्बन्ध बिच्छेदको आवेदन दिएकी थिइन् ।

उनले दिएको आवेदनलाई २९ अप्रिलमा विल्फ्रेड लोरी निकोलस जोनसनको जन्मसँगै स्विकृति दिएको थियो । यो सेटलमेन्ट गर्नको लागि दुबै पक्षले ४ मिलियन पाउण्ड खर्च गरेको बताइएको छ ।

जोनसन र ह्विलरकाबीचमा फेब्रुअरीमा लण्डनस्थित सेन्ट्रल फ्यामिली कोर्टमा पैसाको बारेमा सम्झौता भएको थियो ।

बोरिस जोनसन र ह्विलरले सन् १९९३ मा विवाह गरेका थिए । ह्विलरबाट ४ बच्चा जन्मिएका छन् । लारा लेटिस २६, मिलो अर्थर २४, क्यासिया पीचेस २२ र थियोडोर अपोलो २० वर्षका छोरछोरी रहेका छन् ।

उनीहरु दुबैले सन् २०१८ मा फरक बस्ने फैसला गरेका थिए । जोनसनको पाचौँ सन्तान स्टेफनी हुन् । उनी सन् २००९ मा कला सलाहकार हेलेन म्याकिनट्रेबाट जन्मिएका थिए ।

विवाहीत जोनसनको हेलेनको साथ पनि अफेयर थियो । जोनसनकी पहिलो श्रीमती एलेग्रा मोस्टिन आवेन थिइन् ।उनीसँग जोनसनको युनिभर्सिटीमा भेटघाट भएको थियो । त्यो बेला उनीहरु दुबैको उमेर २३ वर्ष थियो ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ७ : ४८ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

काठमाडौँ– प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको

आज २०८३ साल साउन ९ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ९ गते शनिबार सन् २०२६

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला