ढुंगा प्रहार गरी भिनाजुको हत्या गरेको अभियोगमा १ जना पक्राउ « Khabarhub

ढुंगा प्रहार गरी भिनाजुको हत्या गरेको अभियोगमा १ जना पक्राउ


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– ढुंगा प्रहार गरी आफ्नै भिनाजुको हत्या गरेको अभियोगमा खोटाङ प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा केपिलासगढी गाउँपालिका-२ चोखाने सिराने बस्ने २७ वर्षीय मिलन राई छन् ।

मिलनले आफ्नै भिनाजु ४७ वर्षीय प्रितिलाल राईलाई टाउकोमा ढुंगा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो ।

स्थानीयको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङ र ईलाका प्रहरी कार्यालय बाक्सिला तथा प्रहरी चौकी खार्ताम्छाबाट खटिएको प्रहरीले राईलाई घटनास्थलबाट पक्राउ गरेको हो ।

घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान र सोधपुछका लागि मिलनकै भाइ २० वर्षीय जिवन राईलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  १२ : २८ बजे

सिक्टा सिँचाइ : पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

राँझा–  बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी पाँच

बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण प्रक्रियालाई तत्काल अगाडि बढाउने

आतङ्कवादविरुद्ध अन्तर्राष्ट्रिय सहकार्य थप आवश्यक : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– संयुक्त राष्ट्रसङ्घले आतङ्कवादको बदलिँदो स्वरूप र प्रविधिको बढ्दो दुरुपयोगसँगै यसविरुद्ध

पशुपति क्षेत्रमा तीजका लागि सफाइ

काठमाडौं– हरितालिका (तीज) को तयारीस्वरूप पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ

नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालन

त्रिशूली– भोटेकोशी नदीमा आएको बाढीपश्चात् उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर