लकडाउनका बेला गाँजा तस्करी गर्ने २ जना पक्राउ « Khabarhub

लकडाउनका बेला गाँजा तस्करी गर्ने २ जना पक्राउ


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– कोरोना भाइरस (कोभिड १९) स‌ंक्रमण रोक्न सरकारले जारी गरेको लकडाउनका बेला अवैध लागू औषध गाँजा तस्करी गर्ने २ जनालाई सर्लाही प्रहरीले पक्राउ गरेको छ ।

सर्लाहीको लालवन्दी नगरपालिका-१५ बाट अवैध लागूऔषध गाँजा करिब ५ किलो सहित २ जनालाई बिहीबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।

पक्राउ पर्नेहरुमा लालवन्दी नगरपालिका-८ बस्ने २६ वर्षीय मोहन घिसिङ र ईश्वरपुर नगरपालिका-१२ घारीबथान बस्ने ४६ वर्षीय फगुनी यादव रहेका छन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा झोलाभित्र लुकाइछिपाई ल्याउँदै गरेको लागूऔषध सहित दुवै जनालाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ६ : ५९ बजे

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर