मोरङ र बारामा भएको सवारी दुर्घटनामा २ जनाको « Khabarhub

मोरङ र बारामा भएको सवारी दुर्घटनामा २ जनाको


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मोरङ र बारामा गरी भएका छुट्टा–छुट्टै सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।

मोरङको कानेपोखरी गाउँपालिका-७ मा को २५ प ३८८९ नम्बरको मोटरसाइकलले बिहीबार दिउँसो ठक्कर दिँदा १ जना पैदल यात्रीको मृत्यु भएको छ ।

मोटरसाइकलले ठक्कर दिएर मृत्यु हुनेमा बेलबारी नगरपालिका-८ बस्ने पैदलयात्री ४० वर्षीया शान्ता राजवंशी छिन् । दुर्घटनामा गम्भीर घाइते भएकी उनलाई उपचारका लागि मंगलबारे अस्पताल उर्लाबारी लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै, बाराको महागढीमाई नगरपालिका-१० मा कल्डर्टमा ठोक्किएर लडिरहेको ना ४६ प ३६५९ नम्बरको मोटरसाइकललाई गाडीले ठक्कर दिँदा बिहीबार राति दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

कलभर्टमा ठोक्किएर सडक छेउमा लडेको मोटरसाइकललाई प्रदेश २-०३-००१ च ४८४ नम्बरको गाडीले ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका-१० बस्ने २५ वर्षीय पशुराम प्रसाद यादव गम्भीर घाइते भएका थिए ।

घाइते भएका उनलाई उपचारको लागि कलैयातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ । ठक्कर दिने गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  १ : ५१ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार