सरकारले प्रदेशहरुमा पठायो पीसीआर किट « Khabarhub

सरकारले प्रदेशहरुमा पठायो पीसीआर किट


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– किट अभावका कारण कोरोना परीक्षण रोकिएका प्रयोगशालाहरुमा सरकारले किट पठाएको छ ।

स्वीस सरकारबाट सहयोग आएको किटहरु स्वास्थ्य सेवा विभागले आज प्रयोगशालाहरुमा पठाएको हो ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र प्रसाद श्रेष्ठका अनुसार किट अभाव भएर पीसीआर परीक्षण प्रभावित भएका प्रयोगशालाहरुमा ५ सय देखि एक हजारका दरले किट पठाइएको हो ।

‘हामीले आज सबै प्रदेशमा किट पठाएका छौं,’ महानिर्देशक श्रेष्ठले खबरहबसँग भने, ‘हामीले सबै प्रयोगशालाहरुमा ५ सय देखि दुई हजार सम्म किट पठाउँदै छौं ।’
महानिर्देशक श्रेष्ठका अनुसार नेपालगञ्जमा एक हजार किट सेनाको हेलिकोप्टर मार्फत पनि पठाइँदै छ ।

उनका अनुसार किट पठाइएका प्रयोगशालाहरुमा आगामी तीन दिन सम्मका लागि अब अभाव देखिने छैन ।

‘दुईचार दिन किट नआएको भए किट अभाव हुने थियो, अब सबै प्रयोगशालामा हामीले किट पठाएका छौं, तीन दिनसम्मका लागि कुनै पनि प्रयोगशालामा किट हुनेछैन,’ महानिर्देशक श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार किट अभावकै कारण परीक्षण रोकिएको हेटौंडाको प्रयोगशालामा पनि किट पुर्‍याइएको छ । त्यहाँ पनि अब पीसीआर विधिबाट कोरोना परीक्षण पुन सुचारु हुने छ ।

सरकारले कोरोना पत्ता लगाउन देशभरका १८ वटा स्थानमा पीसीआर मेसिन जडान गरेर प्रयोगशाला स्थापना गरेको छ । तर ,पीसीआर विधिबाट कोरोना परीक्षणमा प्रयोग हुने एक्स्ट्रयाक्स किट अभाव भएपछि केही दिन देखि देशभर नमूना परीक्षणको दर कम हुँदै गएको थियो ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  १ : ३१ बजे

जिप दुर्घटना अपडेड : मृतकको पहिचान खुल्यो

त्रिवेणी– रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ कोटगाउँमा  जिप दुर्घटना हुँदा मृत्यु

स्रोत नखुलेको नगदसहित पक्राउ

काठमाडौं– काठमाडौँ महानगरपालिका–२६ ठमेलबाट स्रोत नखुलेको नगद १३ लाख ७५

नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने मन्त्री पुनको योजना

काठमाडौं– विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा

कृष्णभीरमा खोलिएको ट्र्याकमा ग्राभेल गर्न थालियो

चितवन– पृथ्वी राजमार्गको कृष्णभीरमा बनाइएको ट्र्याकमा आजदेखि ग्राभेल गर्न थालिएको