सलमान खानको फिल्म ‘राधे’ अनलाइनमा रिलिज हने खबरले मच्चियो हलचल « Khabarhub

सलमान खानको फिल्म ‘राधे’ अनलाइनमा रिलिज हने खबरले मच्चियो हलचल


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता सलमान खानको फिल्म ‘राधे’ डिजिटल रिलिज हुने खबरले बलिउड तातेको छ । फिल्म हलवालाहरुले यसलाई विश्वभर चलिआएको नियमको उल्लङ्घन हुने बताएका छन् ।

हलवालाहरुले फिल्म डिजिटल रिलिज गर्नुभन्दा पहिले हलमा ८ हप्तासम्म चलाउनुपर्ने दाबी गरेका छन् । उनीहरुका अनुसार ठूला बजेटका फिल्म हलमा रिलिज गर्दा फिल्म व्यवसायसँग जोडिएका सबैलाई राम्रो हुन्छ ।

यता मल्टिप्लेक्स एसोसियसन अफ इन्डियाले सलमान खानसँग यसबारेमा कुरा गर्ने जनाएको छ । यो संकटको घडीमा सीधै डिजिटल प्लेटफर्ममा फिल्म रिलिज गर्दा उनको फिल्मको मूल्य कम हुन आउने पनि उनीहरुले दाबी गरेका छन् ।

सलमान खानको फिल्म ‘राधे’ लाई २ सय ५० करोड भारुमा डिजिटल प्लेटफर्ममा सीधै रिलिज गरिने खबर बलिउडमा छाएको थियो । तर, यो अफर सलमानलाई नआएको पनि हुनसक्ने बताइएको छ । किनकि, डिजिटल प्लेटफर्ममा यति कमाइ गर्न अहिलेको अवस्थामा बलिउडलाई पनि गाह्रो छ ।

अर्कातिर सलमान खानलाई फ्यानले थिएटरमा हेर्न चाहेका हुन्छन् । ठूलो पर्दामा फिल्म हेर्दा छुट्टै आनन्द हुने भएकाले पनि फ्यानहरुले फिल्म हलमै हेर्न चाहन्छन् ।

बलिउडमा कमाइको ६० प्रतिशत हिस्सा फिल्म हलकै हुन्छ भने ४० प्रतिशत डिजिटल स्याटलाइटको हुन्छ । सलमान खानको स्टारडम पनि फिल्म हलमै बढी देखिन्छ ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ४ : ४२ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने