कोरोना विरुद्धको लडाइँमा सरकारसँगै छौं : देउवा « Khabarhub

कोरोना विरुद्धको लडाइँमा सरकारसँगै छौं : देउवा


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना विरुद्धको लडाइमा सरकारसँगै उभिएको बताएका छन् ।

शुक्रबार(आज) बाट शुरु भएको संसदको बजेट अधिवेशनमा सभापति देउवाले सरकारमा नरहे पनि सरकारसँगै मिलेर लड्न सकिन्छ भन्ने भावनाका साथ कांग्रेसले सहयोग गरिरहेको बताए ।

उनले कोरोनाका कारण उत्पन्न जटिल परिस्थितिमा स्वदेश र विदेशमा रहेका नेपालीको धेर्यको प्रशंसा गर्दैै सम्यमताका साथ सामना गर्न अपिल गरे ।

कोरोनाविरुद्धको लडाइ जारी रहँदा सरकार भने भ्रष्टाचार र अधिनायवादी नियतका साथ अघि बढिरहेको आरोप देउवाले लगाए ।

कोरोनाबाट नेपालीको रक्षागर्न सरकारलाई हरसम्भव सघाउने बताउँदै देउवाले भने, तर बेथिति भ्रष्टाचार र अधिनायकवादी नियत विरुद्ध निरन्तर लड्ने यी दुई चिजलाई हामी निरन्तरता दिने छौं ।

लकडाउने श्रमिक बेरोजगार र विद्यार्थीलाई सबैभन्दा ठूलो संकट परेको भन्दै देउवाले सरकारले पर्याप्त राहत नदिँदा श्रमिक पैदल हिँडेर गाउँ जान बाध्य भएको बताए ।

‘न खान दिने न गाउँ जान दिने सरकारले यस्ते कामले जनतालाई आहत तुल्यायो ‘ देउवाले भने।

रोजगारी गुमेका र सहजरुपमा रहत पाउनुपर्ने ले राहत पाउन नसकेको देउवाको भनाइ थियो ।

सुकम्बासीलाई जाउलो पुराउने तत्कालिन दायित्व विर्सिर सरकारले सुकुम्बासी आयोग गठन गर्ने काम गरेको भन्दै देउवाले आलोचना गरे ।
श्रमिक, बेरोजगार, डेरामा बस्ने विद्यार्थी र पत्रकार मिडिया हाउस पर्यटन व्यवसायी, साना व्यापारीदेखि उद्योगिलाई राहत दिने प्याकेज घोषणा गर्न सरकारसँग देउवाले माग गरे ।

स्वास्थ्य सामाग्री आयातमा भ्रष्टाचार, कोरोनाविरुद्ध लड्ने बेलामा सामाग्रीको अझै अभाव रहनु दुखद् र लज्जास्पद भएको देउवाको भनाइ थियो ।

‘खरिदप्रकृयामा पारदर्शी नहुनु र बढी मूल्यमा खरिद गरिनु गम्भी र अक्षम्य छ । दोषीलाई पदमुक्त गरेर कारबाही गर्न म सरकारसँग माग गर्दछु,’ देउवाले भने ।

लोकतान्त्रिक मूल्य र मान्यता विपरित दुई अध्ययादेश जारी गरेर गैर लोकतान्त्रिक र गैर जिम्मेवार चरित्र प्रस्तुत गरेको देउवाको आरोप थियो ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ४ : ३७ बजे

५० हजारको गेटअप गर्ने विज्ञान

काठमाडौं – उसको दैनिकी गाँजाको नशामा बित्छ । सुधार केन्द्र

‘सरकार निरंकुश हुन खोज्दैछ, अब प्रतिपक्ष चुप बस्न मिल्दैन’

काठमाडौं – नेपाली कांग्रेसका सचेतक निश्कल राई बौद्धिक युवा नेताका

संघीयता खारेज गर्न सरकारलाई एमाले नेता बास्कोटाको सुझाव

काठमाडौँ– नेकपा एमालेका नेता गोकुलप्रसाद बास्कोटाले प्रदेश संरचना र जिल्ला

सीमामा भन्सार कडाइ : महेन्द्रनगरमा चहलपहल बढ्यो, वनबासा सुनसान

महेन्द्रनगर– पश्चिम नेपालका नेपाल–भारत सीमामा सुरक्षा संयन्त्रले भारततर्फबाट आयात हुने

आज राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै

काठमाडौँ– आज राष्ट्रिय पत्रकारिता दिवस मनाइँदैछ । १९५८ साल वैशाख