सरकारले शासन गर्ने राजनीतिक र नैतिक आधार गुमाइसक्यो : देउवा « Khabarhub

सरकारले शासन गर्ने राजनीतिक र नैतिक आधार गुमाइसक्यो : देउवा


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले शासन गर्ने राजनीतिक र नैतिक आधार गुमाइसकेको बताएका छन् ।

शुक्रबार संघीय संसदको बजेट अधिवेशनमा देउवाले सरकारका गतिविधिले शासन गर्ने आधार गुमाएको बताएका हुन् ।

स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार, सांसद अपहरण, अध्यादेश लगायतका प्रकरणले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले राजनीतिक र नैतिक आधार गुमाएको देउवाको भनाइ थियो ।

अहिलेको अभिभारा कोरोनाविरुद्ध कसरी राष्ट्रिय एकता गरेर अगाडि बढ्ने भन्ने रहेको भएपनि सरकार त्यसमा असफल भएको देउवाको भनाइ थियो ।

‘सरकारमा नरहेर पनि संकटमा एकताबद्ध भएर लड्न सकिन्छ भन्ने राष्ट्रिय भावनाका साथ कांग्रेस लागिरहेको देउवाको भनाइ थियो ।

रोजगारी गुमेका र सहजरुपमा रहत पाउनुपर्ने ले राहत पाउन नसकेको देउवाको भनाइ थियो ।

सुकम्बासीलाई जाउलो पुराउने तत्कालिन दायित्व विर्सिर सरकारले सुकुम्बासी आयोग गठन गर्ने काम गरेको भन्दै देउवाले आलोचना गरे ।
श्रमिक, बेरोजगार, डेरामा बस्ने विद्यार्थी र पत्रकार मिडिया हाउस पर्यटन व्यवसायी, साना व्यापारीदेखि उद्योगिलाई राहत दिने प्याकेज घोषणा गर्न सरकारसँग देउवाले माग गरे ।

स्वास्थ्य सामाग्री आयातमा भ्रष्टाचार, कोरोनाविरुद्ध लड्ने बेलामा सामाग्रीको अझै अभाव रहनु दुखद् र लज्जास्पद भएको देउवाको भनाइ थियो ।

खरिदप्रकृयामा पारदर्शी नहुनु र बढी मूल्यमा खरिद गरिनु गम्भी र अक्षम्य छ । दोषीलाई पदमुक्त गरेर कारबाही गर्न म सरकारसँग माग गर्दछु, देउवाले भने ।

लोकतान्त्रिक मूल्य र मान्यता विपरित दुई अध्ययादेश जारी गरेर गैर लोकतान्त्रिक र गैर जिम्मेवार चरित्र प्रस्तुत गरेको देउवाको आरोप थियो ।

‘सबैले कोरोना विरुद्धको लडाईमा एक भएर साथ दिई रहेका बेला दल विभाजनको अध्यादेश ल्याउनु र संवैधानिक परिषद्को गरिमा समाप्त पार्ने षड्यन्त्र गर्नु प्रधानमन्त्रीको नियोजित नियत थियो’ उनले भने ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ४ : ५१ बजे

निरन्तरको खोजीपछि चिलिमेको सुरुङभित्र भेटिए चार शव

काठमाडौं–  नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले निरन्तर खोजी तथा

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले

महासभामा नेपालले जलवायु परिवर्तनको मुद्दा सशक्त रूपमा राख्नुपर्छ : सांसद रेग्मी 

काठमाडौं– रास्वपा सांसद धनन्जय रेग्मीले राष्ट्रसंघको महासभामा नेपालले जलवायु परिवर्तनको

एआई विकास सुस्त बनाउनुपर्ने बहसबीच जुकरबर्गको प्रतिवाद

एजेन्सी– मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले कृत्रिम बौद्धिकता