सरकारले शासन गर्ने राजनीतिक र नैतिक आधार गुमाइसक्यो : देउवा | Khabarhub Khabarhub

सरकारले शासन गर्ने राजनीतिक र नैतिक आधार गुमाइसक्यो : देउवा


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले शासन गर्ने राजनीतिक र नैतिक आधार गुमाइसकेको बताएका छन् ।

शुक्रबार संघीय संसदको बजेट अधिवेशनमा देउवाले सरकारका गतिविधिले शासन गर्ने आधार गुमाएको बताएका हुन् ।

स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार, सांसद अपहरण, अध्यादेश लगायतका प्रकरणले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले राजनीतिक र नैतिक आधार गुमाएको देउवाको भनाइ थियो ।

अहिलेको अभिभारा कोरोनाविरुद्ध कसरी राष्ट्रिय एकता गरेर अगाडि बढ्ने भन्ने रहेको भएपनि सरकार त्यसमा असफल भएको देउवाको भनाइ थियो ।

‘सरकारमा नरहेर पनि संकटमा एकताबद्ध भएर लड्न सकिन्छ भन्ने राष्ट्रिय भावनाका साथ कांग्रेस लागिरहेको देउवाको भनाइ थियो ।

रोजगारी गुमेका र सहजरुपमा रहत पाउनुपर्ने ले राहत पाउन नसकेको देउवाको भनाइ थियो ।

सुकम्बासीलाई जाउलो पुराउने तत्कालिन दायित्व विर्सिर सरकारले सुकुम्बासी आयोग गठन गर्ने काम गरेको भन्दै देउवाले आलोचना गरे ।
श्रमिक, बेरोजगार, डेरामा बस्ने विद्यार्थी र पत्रकार मिडिया हाउस पर्यटन व्यवसायी, साना व्यापारीदेखि उद्योगिलाई राहत दिने प्याकेज घोषणा गर्न सरकारसँग देउवाले माग गरे ।

स्वास्थ्य सामाग्री आयातमा भ्रष्टाचार, कोरोनाविरुद्ध लड्ने बेलामा सामाग्रीको अझै अभाव रहनु दुखद् र लज्जास्पद भएको देउवाको भनाइ थियो ।

खरिदप्रकृयामा पारदर्शी नहुनु र बढी मूल्यमा खरिद गरिनु गम्भी र अक्षम्य छ । दोषीलाई पदमुक्त गरेर कारबाही गर्न म सरकारसँग माग गर्दछु, देउवाले भने ।

लोकतान्त्रिक मूल्य र मान्यता विपरित दुई अध्ययादेश जारी गरेर गैर लोकतान्त्रिक र गैर जिम्मेवार चरित्र प्रस्तुत गरेको देउवाको आरोप थियो ।

‘सबैले कोरोना विरुद्धको लडाईमा एक भएर साथ दिई रहेका बेला दल विभाजनको अध्यादेश ल्याउनु र संवैधानिक परिषद्को गरिमा समाप्त पार्ने षड्यन्त्र गर्नु प्रधानमन्त्रीको नियोजित नियत थियो’ उनले भने ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ४ : ५१ बजे

अमेरिकामा देवी प्रतिभाको कथा वाचन 

काठमाडौं– अमेरिकामा १४ राज्यमा देवी प्रतिभाको कथा गुञ्जने भएको छ

तत्कालीन नेकपा विभाजनको घाउमा मलम लागे जस्तो भयो : भीम रावल

काठमाडौं– मातृभूमि जागरण अभियान, नेपाल प्रस्तावक डा. भीम रावलले नेपाली

एमालेको ‘घर फर्क अभियान’लाई नेकपाले दियो नौटंकीको संज्ञा

काठमाडौं- नवगठित नेपाली कम्युनिस्ट पार्टीले नेकपा एमालेले थालेको ‘घर फर्क

२० अंकले घट्यो नेप्से, १९८ कम्पनीको घट्यो सेयर मूल्य

काठमाडौं– आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) २०.५६ अंकले घटेको छ

भीम रावलसँगै एमाले केन्द्रीय सदस्य प्रकाश शाह पनि नेकपामा प्रवेश गरे

काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य प्रकाशबहादुर शाह पनि नेपाली कम्युनिस्ट