सांसद अपहरण प्रकरणमा प्रहरीद्वारा अनुसन्धान शुरु « Khabarhub

सांसद अपहरण प्रकरणमा प्रहरीद्वारा अनुसन्धान शुरु


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद महेश बस्नेत तथा कृष्णकुमार श्रैष्ठ (किसान श्रेष्ठ) र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्धको अपहरण तथा शरीर बन्धक सम्बन्धी जाहेरीमा प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

शुक्रबार दिउँसो जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले साबिक समाजवादी पार्टीका सांसद डा सुरेन्द्र यादवले दर्ता गरेको जाहेरी दर्खास्त पठाएसँगै महानगरीय प्रहरी परिसर काठमाडौंले अनुसन्धान शुरु गरेको हो ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका सहायक न्यायाधीवक्ता नुमराज खनालले समाजवादी पार्टीका सांसद डा. यादवका तर्फबाट दर्ता भएको जाहेरीका विषयमा अनुसन्धान गर्न प्रहरीलाई पठाइएको जानकारी दिए ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जाहेरी दर्खास्त पठाएपछि उक्त विषयमा अनुसन्धान शुरु गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम ज्ञवालीले जानकारी दिए ।

हाललाई प्रारम्भिक अनुसन्धान शुरु गरिएको र आवश्यकताअनुसार विस्तृत अनुसन्धान गरिने एसएसपी ज्ञवालीको भनाइ छ ।

बैशाख १० गते  समाजवादीका पार्टी सांसद यादवलाई सत्तारुढ नेकपाका सांसदहरु महेश बस्नेत, किसनकुमार श्रेष्ठ र पूर्वआइजीपी सवेन्द्र खनालले महोत्तरीबाट काठमाडौं ल्याएका थिए ।

पछि सांसद यादवले आफूलाई अपहरण गरी काठमाडौं ल्याइएको भन्दै सांसदद्वय बस्नेत र श्रेष्ठ तथा पूर्व आईजी खनालविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता गर्न खोजेका थिए । तर, प्रहरी परिसरले घटनास्थल काठमाडौं बाहिर रहेको भन्दै जाहेर दर्ता गर्न मानेको थिएन ।

प्रहरीले उजुरी दर्ता नगरेपछि डा यादवले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा उजुरी दर्ता गराउन खोजेका थिए । तर, त्यतिबेला उजुरीको रित नपुगेको भन्दै जिल्ला सरकारी वकिलको कार्यालयले सांसद यादवको उजुरी फिर्ता पठाएको थियो । पछि वैशाख २२ गते मात्रै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सांसद यादवको जाहेरी दर्ता गरेको थियो ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ५ : २६ बजे

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड