बाबुराम भट्टराईले संसदमै मागे प्रधानमन्त्रीको राजीनामा « Khabarhub

बाबुराम भट्टराईले संसदमै मागे प्रधानमन्त्रीको राजीनामा


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वप्रधानमन्त्री एवम् साबिक समाजवादी पार्टीका संघीय अध्यक्ष डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् ।

शुक्रबारदेखि शुरु भएको बजेट अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै डा भट्टराईले प्रधानमन्त्री ओलीको राजीनामा मागेका हुन् ।

प्रधानमन्त्री ओलीले संवैधानिक आयोग कब्जा गर्ने तथा अरु पार्टीहरुलाई फुटाउने उद्देश्यले २ वटा अध्यादेश ल्याएको तथा पार्टी फुटाउन सांसदकै ‘अपहरण’ गर्न लगाएर गल्ती गरेको डा भट्टराईको भनाइ छ ।

‘लोकतन्त्र खत्तम हुँदा हामी सबै खत्तम हुन्छौं । यो व्यवस्था असफल हुँदा हामी सबै असफल हुन्छौं । आरोप प्रत्यारोपभन्दा पनि हामी सबैले आत्म समीक्षा गरौं,’ डा. भट्टराईले भने, ‘म प्रधानमन्त्रीज्यूलाई आग्रह गर्न चाहान्छु, यदि उहाँले साँच्चै नै आत्म निरीक्षण र आत्मालोचनाको प्रक्रिया शुरु गर्नु भएको हो भने नैतिकता प्रदर्शन गर्नु आवश्यक छ ।’

डा भट्टराईले प्रधानमन्त्रीले लोकतन्त्रको छविलाई बचाउनका लागि अहिलेको सन्दर्भमा राजीनामा दिनु नै उपयुक्त विकल्प भएको बताए ।

‘कुर्सीमा बसेर, सत्ताको प्रयोग गरेर ठूलो भइँदैन । नैतिक आचरण ठूलो हुनु पर्छ । यसका निम्ति प्रधानमन्त्रीमा मेरो आग्रह छ तपाईं जुन उचाइमा पुग्नु भएको छ त्यहाँ रहनुहोस् । रोगले जीर्ण भएको शरीरलाई तपाईंले आराम दिनु पर्छ,’ भट्टराईले भने, ‘लोकतन्त्रको छविलाई बचाएर तपाईंले आफ्नै छविलाई बचाउन राजीनामा दिनु नै उपयुक्त हुन्छ । त्यो उचित निकास हुन्छ ।’

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ५ : ४१ बजे

कुलमान भन्छन् : चिलिमे विद्युत्गृहको मुख्य पहुँच सुरुङ नै अवरुद्ध हुँदा उद्धारकार्य कठिन बन्यो

काठमाडौं- उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं चिलिमे जलविद्युत् आयोजनाका पूर्वप्रमुख

बाढी प्रभावित ग्राहकलाई विद्युत् सेवामा राहत

काठमाडौं- सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा

राष्ट्रियसभामा चाडपर्वअघि उपभोग्य वस्तुको सहज आपूर्तिको माग

 काठमाडौं- राष्ट्रियसभाका सदस्यहरूले दशैँ, तिहारलगायत ठूला चाडपर्व नजिकिँदै गर्दा खाना पकाउने

बाढीपीडितको खोजी र उद्धारमा सरकारले अहंकार देखायो : सांसद घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य वासुदेव घिमिरेले रसुवाको भोटेकोशी