धनगढीकी पाँचौं कोरोना संक्रमित महिला अस्पतालबाट डिस्चार्ज « Khabarhub

धनगढीकी पाँचौं कोरोना संक्रमित महिला अस्पतालबाट डिस्चार्ज


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी- सुदूरपश्चिमकी पाचौँ कोरोना संक्रमित पनि अस्पतालबाट डिस्चार्ज भएकी छिन् ।

सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उप महानगरपालिका ५ की ३४ बर्षिय युवतीको लगातार दुई पटकसम्म कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनलाई आज अस्पतालबाट डिस्चार्ज गरिएको हो ।

३५ दिनदेखि सेती अस्पतालमा उपचारर महिलाको छ पटकसम्म गरीएको थ्रोट स्वाब परीक्षणमा कोरोना रिपोर्ट पोजेटिभ देखिएको थियो । पछिल्लो दुई पटक गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएसँगै उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

सेती अस्पतालमा उपचाररत अन्य चार जना यसअघि नै डिस्चार्ज भइसकेका थिए ।

लम्कीचुहा नगरपालिकाका २१ बर्षीय युवक, धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय युवक, कञ्चनपुरको बेदकोट नगरपालिकाका ४० बर्षीय पुरुष र लम्कीचुहा नगरपालिका वडा नम्वर १ की महिला यसअघि नै डिस्चार्ज भएका थिए ।

 

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ६ : ४३ बजे

५० हजारको गेटअप गर्ने विज्ञान

काठमाडौं – उसको दैनिकी गाँजाको नशामा बित्छ । सुधार केन्द्र

‘सरकार निरंकुश हुन खोज्दैछ, अब प्रतिपक्ष चुप बस्न मिल्दैन’

काठमाडौं – नेपाली कांग्रेसका सचेतक निश्कल राई बौद्धिक युवा नेताका

संघीयता खारेज गर्न सरकारलाई एमाले नेता बास्कोटाको सुझाव

काठमाडौँ– नेकपा एमालेका नेता गोकुलप्रसाद बास्कोटाले प्रदेश संरचना र जिल्ला

सीमामा भन्सार कडाइ : महेन्द्रनगरमा चहलपहल बढ्यो, वनबासा सुनसान

महेन्द्रनगर– पश्चिम नेपालका नेपाल–भारत सीमामा सुरक्षा संयन्त्रले भारततर्फबाट आयात हुने

आज राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै

काठमाडौँ– आज राष्ट्रिय पत्रकारिता दिवस मनाइँदैछ । १९५८ साल वैशाख