मंगलबारबाट शेयर बजार खुल्ने | Khabarhub Khabarhub

मंगलबारबाट शेयर बजार खुल्ने


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल धितोपत्र बोर्डले यही वैशाख ३० गतेदेखि शेयर बजार पुनः सञ्चालनमा ल्याउन नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएको छ ।

बोर्डमा आज भएको सरोकारवालासँगको छलफलले दोस्रो बजार कारोवारलाई दैनिक दुई घण्टा (बिहान ११ः०० देखि १ः०० बजेसम्म) सञ्चालनमा ल्याउने गरी व्यवस्था मिलाउने गरी आवश्यक प्रबन्ध गरेको छ ।

बोर्डका प्रवक्ता निरज गिरीका अनुसार प्रारम्भिक कारोवार सत्रमा मूल्य प्रविष्ट गर्दा अघिल्लो दिनको अन्तिम मूल्यको एक प्रतिशतसम्म परिवर्तन हुनसक्ने र कारोवार आदेश प्रविष्ट गर्दा दुई प्रतिशतसम्म परिवर्तन हुनेसक्ने व्यवस्था गरी समग्रमा दिनको तीन प्रतिशतभन्दा बढी पविर्तन हुन नदिने व्यवस्था गरिएको छ ।

धितोपत्र बिक्रीको भुक्तानी अनिवार्यरुपमा आइपिएस वा विद्युतीय माध्यमबाट गर्नुपर्ने र आगामी साउनदेखि पूर्णरुपमा विद्युतीय माध्यम नै अवलम्बन गरिने भएको छ । नेप्से परिसूचक दुई प्रतिशतले घटी वा बढी भएमा सो दिनको कारोवार बन्द गरिने, धितोपत्र दलालले विनियमावलीमा व्यवस्था भएबमोजिमको लगानीकर्ताबाट अनिवार्यरुपमा मार्जिन लिने विद्यमान प्रावधानलाई कडाईका साथ लागू गर्ने र लगानीकर्ताको गुनासा सुन्ने तथा समाधान गर्ने सम्बन्धमा ‘हेल्प डेस्क’को प्रबन्ध गर्नुपर्नेछ ।

धितोपत्र बजारमा लगानीकर्तालाई कुनै विशेष अवस्थामा कारोवारको सन्दर्भमा सवारी पासको आवश्यकता परेमा ब्रोकरको सिफारिसमा बोर्ड सम्पर्क राख्ने प्रबन्धसमेत मिलाइएको प्रवक्ता गिरीले जानकारी दिए । नेप्से, सिडिएससी, मर्चेन्ट बैंकरलगायतको कार्यालय आइतबारदेखि सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ ।

सरकारले गत चैत ११ गतेदेखि कोरोनाको सङ्क्रमण बढ्न नदिन ‘लकडाउन’ घोषणा गरेसँगै दोस्रो बजार बन्द भएको थियो । बोर्डको उक्त निर्णयसँगै धितोपत्र बजार ५० औँ दिनमा खुल्न लागेको हो ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ७ : ११ बजे

एमालेबाट निकालिएको १० महिनापछि भीम रावल नेकपातिर, एकताका लागि ७ बुँदे सहमतिमा हस्ताक्षर

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी र मातृभूमि जागरण अभियान नेपालबीच संगठनात्मक

मातृभूमि अभियान नफापेपछि माधव-प्रचण्डको सहारा लिन पुगे भीम रावल

काठमाडौं- नेकपा एमालेका पूर्वउपाध्यक्ष डा. भीम रावल अन्तत: नेकपाकालीन नेताहरूको

वर्षा सकिएपछि मुग्लिन–मलेखु सडकको काम थालियो

चितवन– वर्षासँगै चाडपर्वका कारण सामान्य काम मात्रै भएको मुग्लिन–मलेखु सडकको

विद्यालय र सिकाइ केन्द्रका जग्गा विवरण खोज्दै मन्त्रालय

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालय र सिकाइ

काठमाडौंको एनपीएल ट्रफी जात्रा पाटन दरबार स्क्वायरमा (तस्बिरहरू)

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण सुरू हुनुअघि