सिंहदरबार अघि प्रहरीमाथि नै जाइलागे चिनियाँ नागरिक (भिडियोसहित) | Khabarhub Khabarhub

सिंहदरबार अघि प्रहरीमाथि नै जाइलागे चिनियाँ नागरिक (भिडियोसहित)


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोनाका कारण देशमा लकडाउन जारी रहेको समयमा शुक्रबार अपराह्न सिंहदरबारमा झडप भयो ।

घर फर्कन माग गर्दै असनमा सिंहदरबारको मुख्य गेट अगाडि बसेका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको हो ।

घर फिर्ताको माग गर्दै धर्ना दिएका उनीहरु सिंहदरबार भित्र प्रवेश गर्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो ।

२५/३० जनाको संख्यामा रहेका चिनियाँहरु सिंहदरबार भित्र प्रवेश गर्न खोजेपछि झडप भएको थियो ।

‘चिनियाँहरु भित्र पस्न खोजे, त्यसपछि केही बल प्रयोग गरिएको हो’, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले खबरहबसँग भने ।

झडपमा परि केही चिनियाँ नागरिक र नेपाल प्रहरीका डीएसपीसमेत घाइते भएका छन् ।

चिनियाँले हानेको ढुंगा लागेर महानगरीय प्रहरी वृत्त सिंहदरबारका डीएसपी हरि बस्नेत घाइते भएका हुन् ।

झडप भएपछि प्रहरीले त्यस छेउछाउमा रहेका प्रदर्शन गरिरहेका ४७ चिनियाँ जनालाई नियन्त्रणमा लिएर नगर प्रहरी कार्यालयमा राखेको छ ।

कोरोना भाइरस महामारीका कारण जारी लकडाउनका कारण नेपालमा रोकिएको र आफूहरुलाई घर पठाउन नेपाल स्थित चिनियाँ दूतावासले चासो नदिएपछि उनीहरु सिंहदरबार अघि धर्ना बसेका थिए ।

त्यसअघि उनीहरु बिहीबार भृकुटीमण्डपमा रहेको पर्यटन बोर्डको कार्यालय अघि धर्ना दिन पुगेका थिए ।

नेपाल प्रहरीमाथि हात हाले

आफ्नो देश जान पाउँ भन्दै सिंहदरबार अघि हातमा ‘आई वान्ट टु गो होम, ‘ नो मनी, निड गो होम’ लगायतका प्लेकार्ड लिएर बसेका उनीहरुलाई सुरुमा प्रहरीले निषेधित क्षत्रबाट हटाउन खोजेको थियो ।

ठेलमठेल भइरहँदा एक जना चिनियाँ नागरिकले प्रहरीको बर्दी समाएर ताने । त्यसपछि विवाद थप चर्कियो । हटाउन आएका नेपाल प्रहरीमाथि चिनियाँहरु आक्रमणको शैलीमा उत्रिए । प्रहरीले संयमता अपनाउँदा अपनाउँदै पनि चिनियाँहरु आक्राम भए । चिनियाँहरुले प्रहरी अधिकारीको बर्दी तान्ने गर्न थालेपछि प्रहरीले बल प्रयोग गर्‍यो ।

एक चिनियाँ महिलालाई लठ्ठी चार्ज गरेसँगै केही चिनियाँ प्रहरीमाथि जाइलागे । पछि प्रहरीले बल प्रयोग गरेर उनीहरुलाई पक्राउ गरेको हो ।

एसएसपी ज्ञवालीले उनीहरुलाई नियन्त्रणमा लिइएको र नेपालस्थित चिनियाँ दूतावासलाई जानकारी गराउने बताए ।

‘हामीले उनीहरुलाई पठाउने होइन, अब हामीले यसबारे चिनियाँ दूतावासलाई जानकारी पठाउने हो,’ उनले भने ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ८ : २० बजे

नेपालसामु ९७ रनमै समेटियो स्कटल्याण्ड

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

न्यायाधीशलाई मोसो दलिएको घटनामा पूर्वन्यायाधीश फोरमको आपत्ति

पूर्वन्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंह काठमाडौं– जनकपुर उच्च अदालतअन्तरगत वीरगञ्ज

सन्दीपले एकै ओभरमा लिए स्कटल्याण्डको दुई विकेट

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको खेलमा नेपालका

सामुदायिक रेडियोलाई सरकारले सिध्याउन खोज्यो : अकोराव

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का

जी ७ को सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री मोदी क्यानाडामा

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र जी ७ को सम्मेलनमा सहभागी हुन