दक्षिण कोरियाका क्लव र बार पुनः एक महिनाका लागि बन्द « Khabarhub

दक्षिण कोरियाका क्लव र बार पुनः एक महिनाका लागि बन्द


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- दक्षिण कोरियाका क्लव र बारहरू फेरि बन्द गर्ने घोषणा गरिएको छ ।

दक्षिण कोरियाको सरकारले आगामी एक महिनासम्मका लागि क्लव र बारहरु बन्द गर्ने घोषणा गरेको हो ।

कोरोनाभाइरसको सङ्क्रमण फैलिएर पनि नियन्त्रण गर्न सफल भएको दक्षिण कोरियामा पुनः सङ्क्रमितहरु देखिन थालेपछि क्लव र बारहरु बन्द गर्दै सचेतना अपनाउन थालिएको छ ।

स्थानीय समय अनुसार आज बेलुका ८ बजेदेखि एक महिनाका लागि ती व्यापारिक प्रतिष्ठानहरु आफै बन्द गर्न आग्रह गरिएको योन्हप समाचार संस्थाले दक्षिण कोरियाली अधिकारीहरूलाई उद्धृत गरी जानकारी गराएको छ ।

सरकारले अन्य क्षेत्रमा पनि थप कडाई गर्न र आवतजावत गर्नेहरुको लगत राख्ने योजना पनि बनाएको बताएको छ ।

दक्षिण कोरियामा कोरोनाभाइरसको सङ्क्रमण पहिले नियन्त्रणमा राख्न सकिएको समाचारहरू आएका थिए तर फेरि नयाँ सङ्क्रमितहरु देखिन थालेकोले रात्रिक्लब तथा बारहरूलाई बन्द गर्ने घोषणा सरकारले गरेको हो ।

स्वास्थ्य अधिकारीहरुका अनुसार हालै २९ वर्षीय एक व्यक्तिमा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । ती व्यक्ति विभिन्न क्लवहरुमा गएर फर्केपछि सङ्क्रमण भएको पाइएको छ ।

कोरियाको रोग नियन्त्रण तथा न्यूनिकरण केन्द्रले शुक्रबार १४ जना नयाँ सङ्क्रमित भेटिएको जानकारी दिएको छ ।

सङ्क्रमित भएकामध्ये तीन जना विदेशी नागरिक र एक जना सैनिक रहेको केन्द्रले जनाएको छ । विरामी सवै १९ देखि ३७ वर्षसम्मका रहेको अधिकारीहरुको भनाइ छ ।

मास्क लगाउनेलगायतका आधारभूत स्वास्थ्य सतर्कताहरुप्रति बेवास्ता गर्दै रात्रि जीवनमा रमाएका बेला उनीहरु सङ्क्रमित भएको बताइएको छ ।

दक्षिण कोरियामा पछिल्लो केही समय कोराना भाइरसबाट सङ्क्रमित नयाँ विरामीहरु देखिएका थिएनन् । तर फेरी नयाँ सङ्क्रमितहरु देखिन थालेपछि सामाजिक दूरी कायम गर्न, क्वारेन्टाइनलाई ख्याल गर्न र आधारभूत स्वास्थ्य सतर्कता अपनाउन सरकारले आह्वान गरेको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ११ : ४७ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार