दक्षिण कोरियाका क्लव र बार पुनः एक महिनाका लागि बन्द | Khabarhub Khabarhub

दक्षिण कोरियाका क्लव र बार पुनः एक महिनाका लागि बन्द


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- दक्षिण कोरियाका क्लव र बारहरू फेरि बन्द गर्ने घोषणा गरिएको छ ।

दक्षिण कोरियाको सरकारले आगामी एक महिनासम्मका लागि क्लव र बारहरु बन्द गर्ने घोषणा गरेको हो ।

कोरोनाभाइरसको सङ्क्रमण फैलिएर पनि नियन्त्रण गर्न सफल भएको दक्षिण कोरियामा पुनः सङ्क्रमितहरु देखिन थालेपछि क्लव र बारहरु बन्द गर्दै सचेतना अपनाउन थालिएको छ ।

स्थानीय समय अनुसार आज बेलुका ८ बजेदेखि एक महिनाका लागि ती व्यापारिक प्रतिष्ठानहरु आफै बन्द गर्न आग्रह गरिएको योन्हप समाचार संस्थाले दक्षिण कोरियाली अधिकारीहरूलाई उद्धृत गरी जानकारी गराएको छ ।

सरकारले अन्य क्षेत्रमा पनि थप कडाई गर्न र आवतजावत गर्नेहरुको लगत राख्ने योजना पनि बनाएको बताएको छ ।

दक्षिण कोरियामा कोरोनाभाइरसको सङ्क्रमण पहिले नियन्त्रणमा राख्न सकिएको समाचारहरू आएका थिए तर फेरि नयाँ सङ्क्रमितहरु देखिन थालेकोले रात्रिक्लब तथा बारहरूलाई बन्द गर्ने घोषणा सरकारले गरेको हो ।

स्वास्थ्य अधिकारीहरुका अनुसार हालै २९ वर्षीय एक व्यक्तिमा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । ती व्यक्ति विभिन्न क्लवहरुमा गएर फर्केपछि सङ्क्रमण भएको पाइएको छ ।

कोरियाको रोग नियन्त्रण तथा न्यूनिकरण केन्द्रले शुक्रबार १४ जना नयाँ सङ्क्रमित भेटिएको जानकारी दिएको छ ।

सङ्क्रमित भएकामध्ये तीन जना विदेशी नागरिक र एक जना सैनिक रहेको केन्द्रले जनाएको छ । विरामी सवै १९ देखि ३७ वर्षसम्मका रहेको अधिकारीहरुको भनाइ छ ।

मास्क लगाउनेलगायतका आधारभूत स्वास्थ्य सतर्कताहरुप्रति बेवास्ता गर्दै रात्रि जीवनमा रमाएका बेला उनीहरु सङ्क्रमित भएको बताइएको छ ।

दक्षिण कोरियामा पछिल्लो केही समय कोराना भाइरसबाट सङ्क्रमित नयाँ विरामीहरु देखिएका थिएनन् । तर फेरी नयाँ सङ्क्रमितहरु देखिन थालेपछि सामाजिक दूरी कायम गर्न, क्वारेन्टाइनलाई ख्याल गर्न र आधारभूत स्वास्थ्य सतर्कता अपनाउन सरकारले आह्वान गरेको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ११ : ४७ बजे

विद्यालय र सिकाइ केन्द्रका जग्गा विवरण खोज्दै मन्त्रालय

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालय र सिकाइ

काठमाडौंको एनपीएल ट्रफी जात्रा पाटन दरबार स्क्वायरमा (तस्बिरहरू)

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण सुरू हुनुअघि

रेशमको ‘नागरिक उन्मुक्ति पार्टी नेपाल’ ले पायो मान्यता (तस्बिरहरू)

काठमाडौं– रेशम चौधरीको संरक्षकत्वमा कबीर सोप अध्यक्ष रहने गरी निर्वाचन

फिलिपिन्समा शक्तिशाली चक्रवात : मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो

एजेन्सी– फिलिपिन्समा हालै आएको दुईवटा शक्तिशाली चक्रवातका कारण मृत्यु हुनेको

 अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौं– कञ्चनपुरको भिमदत्त नगरपालिका-१ भासी साईफन नहरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ