अमेरिकी लोकतन्त्रका लागि ट्रम्पका अभिव्यक्ति खतरनाक – पावेल « Khabarhub

अमेरिकी लोकतन्त्रका लागि ट्रम्पका अभिव्यक्ति खतरनाक – पावेल


२६ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी पूर्वविदेशमन्त्री कोलिन पावेलले अमेरिकी लोकतन्त्रका लागि राष्ट्रपति डोनाल्ड ट्रम्पका अभिव्यक्तिहरू खतरनाक भएको बताएका छन् ।

सीएनएनको स्टेट अफ युनियनमा आइतवार बोल्दै पावेलले ट्रम्प झूट बोलेर फुत्किरहेको र उनलाई मानिसहरूले जवाफदेही बनाउनसमेत छाडिसकेको बताएका छन् । यसले लोकतन्त्र नै खतरामा पर्ने उनको टिप्पणी छ ।

अवकाशप्राप्त अमेरिकी सैनिक प्रमुखसमेत रहेका पावेलले ट्रम्पलाई इंकित गर्दै भने, ‘उनी झूट बोल्छन् र त्यसबाट फुत्किन्छन्। किनकि मानिसहरूले उनलाई जवाफदेही बनाउँदैनन्।’

मध्यमार्गी रिपब्लिकनका रुपमा समेत चिनिने पावेलले ट्रम्पका अभिव्यक्तिहरू अमेरिकी लोकतन्त्रका लागि खतरनाक भएको बताउँदै भने, ‘यस पटक चुनावमा म राष्ट्रपति ट्रम्पलाई निश्चित रूपमा कुनै प्रकारको सहयोग गर्न सक्दिनँ, मेरो मत जो बाइडनलाई हुनेछ।’

जातीयताविरोधी प्रदर्शनप्रति ट्रम्पले खेलेको भूमिका ‘संविधानदेखि टाढिएको’ अर्थमा बुझिएको उनले बताए । ‘हामीसँग एउटा संविधान छ र हामीले त्यसलाई मान्नुपर्छ। तर राष्ट्रपति संविधानदेखि टाढिएका छन्,’ उनले भने ।

प्रदर्शनहरूलाई दबाउनका निम्ति सेना परिचालन गर्ने लगायत चेतावनी ट्रम्पले दिएका थिए। ट्रम्पले भने ट्वीट गर्दै पावललाई ‘आवश्यकताभन्दा बढी महत्त्व पाएको व्यक्ति’ भनेका छन्।

प्रहरी नियन्त्रणका क्रममा एक अश्वेत व्यक्ति जर्ज फ्लोइडको मृत्युपछि अमेरिकामा प्रदर्शन भइरहँदा पावेलले पनि राष्ट्रपति ट्रम्पको आलोचना गरेका हुन् ।

प्रकाशित मिति : २६ जेठ २०७७, सोमबार  ७ : ३५ बजे

नेपालले सन्तुलित कूटनीति अपनाउनुपर्छ : मुख्यमन्त्री पाण्डे

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्व राजनीतिमा देखिएको विद्यमान

रास्वपाकी सांसदको अनौठो चिन्ता : राम्री भएकैले मेरो धेरै आलोचना गरियो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सृष्टि भट्टराईले पूर्वगृहमन्त्री सुधन गुरुङसँग

१५ देखि २२ गतेसम्म हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप आयोजना हुने

काठमाडौं– काठमाडौंमा आगामी जेठ १५ देखि २२ गतेसम्म हिमालयन लिटरेचर

जातीय उत्पीडनविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं– जात व्यवस्थाले निम्त्याएको तहगत उत्पीडन, शृंखलाबद्ध हत्या र ऐतिहासिक

सामुदायिक विद्यालय जोगाउन स्थानीयले गरे ४ रोपनी जग्गा दान 

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका वडा नम्बर-३ को कालिढुङ्गा माध्यमिक विद्यालयलाई