यी हुन पशुपतिनाथमा भक्तजनले पालना गर्नुपर्ने आचरण « Khabarhub

यी हुन पशुपतिनाथमा भक्तजनले पालना गर्नुपर्ने आचरण


२६ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पशुपतिनाथ हिन्दु धर्मालम्बीको महत्वपूर्ण तीर्थस्थल हो । भगवान पशुपतिनाथको दर्शन गर्न देश विदेशबाट ठूलो संख्यामा हिन्दू धर्मावलम्वीको भीड लाग्ने गरेको छ ।

पशुपतिनाथको दर्शन गर्ने भक्तजनहरुका लागि निश्चित नियमहरु बनाइएका छन् । सम्पूर्ण भक्तजन तथा दर्शनार्थीहरुले पालना गर्नुपर्ने आचरण यस्ता छन्-

क. मन्दिर प्राङ्गणमा छालाजन्य बस्तु धारण गरी प्रवेश गर्न निषेध गर्ने ।

ख. मन्दिर प्राङ्गणमा शान्त एवं धार्मिक तथा आध्यात्मिक वातावरण कायम गर्न सहयोग पुर्याउने ।

ग. उच्छृङ्खल तथा अशोभनीय गतिविधि नगर्ने ।

घ. कोषद्वारा निर्धारित स्थानमा बाहेक अन्य स्थानमा थुक्न, दिशा पिसाब गर्न र फोहोर मैला फाल्न नहुने ।

ङ. आफूले मन्दिरमा चढाउन लागेको भेटी, दान तथा दक्षिणा नगद भएमा नजिकैका भेटीपात्र तथा दानपात्रमा राख्ने वा राख्न लगाउने र अन्य कुनै द्रव्य वा जिन्सीको हकमा कोषमा दाखिला गरी त्यसको रसिद भरपाई लिने वा लिन लगाउने ।

च. अशक्त, अपाङ्ग व्यक्ति तथा बृद्ध बृद्धाका लागि अग्रीम दर्शन गर्न यथोचित सहयोग गर्ने वा गराउने ।

छ. पूजा कार्यमा संलग्न भट्ट भण्डारीहरुसँग मर्यादित व्यवहार गर्ने ।

ज. मन्दिरमा सेवा लिए वापत कुनै पनि पूजारी, भण्डारी, कर्मचारी। सुरक्षाकर्मी तथा अन्य व्यक्ति विशेषलाई नगद, जिन्सी उपहार नदिने ।

झ. कोषद्वारा निर्धारित स्थानमा बाहेक अन्य स्थानमा क्यामरा, मोबाइल फोन तथा यस्तै अन्य विद्युतीय उपकरण प्रयोग नगर्ने ।

ञ. निर्धारित स्थानमा बाहेक अन्य स्थानमा धुप वत्ति बाल्न नहुने ।

ट. जुत्ता चप्पल लगाई मन्दिर प्रबेश गर्न नहुने ।

ठ. मन्दिर प्राङ्गणमा चुरोट, विडी, खैनी, पान तथा अन्य सूर्तीजन्य वस्तु प्रयोग नगर्ने ।

ड. मादक पदार्थ सेवन गरी मन्दिर प्रवेश नगर्ने ।

ढ. पशुपति क्षेत्रमा रहेका देवदेवीका मूर्तिमा क्षति पुर्याउने नहुने ।

ण. निर्धारित सुरक्षा व्यवस्थाको पालना गर्ने ।

त. मन्दिर प्राङ्गणभित्र कोषले तोकेको स्थानमा मात्र धार्मिक कार्य गर्ने ।

थ. तोकिएको स्थानमा बाहेक अन्य स्थानमा सवारी साधन ल्याउन वा रोकी राख्न नहुने ।

प्रकाशित मिति : २६ जेठ २०७७, सोमबार  १० : ३० बजे

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतको भेट, नेपाल–चीन सम्बन्धबारे छलफल

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले

प्रधानमन्त्री शाह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत

परराष्ट्र मन्त्रालयको भवन निर्माण आगामी वर्षदेखि सुरुवात गरिने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र मन्त्रालयको आफ्नै भवन निर्माणको काम

विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन कार्यदल गठन

काठमाडौं– सरकारले विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन गर्न

चार हजार सहकारी बचतकर्ताको रकम फिर्ता

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हालसम्म करिब चार हजार बचतकर्ताको