सबै जनतामा न्यायको पहुँच पुर्‍याउन सरकार केन्द्रित- कानुनमन्त्री तुम्बाहाम्फे « Khabarhub

सबै जनतामा न्यायको पहुँच पुर्‍याउन सरकार केन्द्रित- कानुनमन्त्री तुम्बाहाम्फे


२६ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कानुन न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाम्फेले सबै जनतामा न्यायको पहुँच पुर्‍याउने सवालमा केन्द्रित भएर सरकारले काम गरिरहेको बताएकी छिन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक २०७७ अन्तर्गत मन्त्रालयहरुको विभिन्न शीर्षकहरुमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिदै मन्त्री तुम्बाहाम्फेले पीडितले न्याय पाउनुपर्छ भन्ने पक्षमा सरकार रहेको र सबैलाई न्यायको प्रत्याभूति गराउने तर्फ सरकार सचेत रहेको बताइन्।

उनले मोबाइल एप्सको माध्यमबाट हातहातमा कानुनको जानकारी पुर्‍याउने किसिमको व्यवस्था मिलाउनेतर्फ मन्त्रालय लागिरहेको बताइन्। न्यायमा समान पहुँचका लागि आवश्यक कार्यक्रमहरु प्रस्तावित गरिएको भन्दै उनले एकीकृत कानूनी सहायता नीति कार्यान्वनसँगै कानुनी सचेतना अभियानलाई आगामी बर्ष प्रभावकारी ढंगले अघि बढाइने बताइन्।

मौलिक हकसंग जोडिएका ऐन कार्यान्वयनका लागि आवश्यक नियमावलीहरु बन्ने क्रममा रहेको स्पष्ट पारिन्। उनले २ वटा ऐनको नियमावली बनाउन आवश्यक नभएको र बाँकी १४ वटा मध्ये आवासको अधिकार सम्बन्धी ऐन र खाद्य अधिकार तथ खाद्य सम्प्रभुता सम्बन्धी ऐनको नियमावली अन्तिम चरणमा पुगेको स्पष्ट पारिन्।

उनले खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐनको नियमावलीबारे कृषि तथा पशुपक्षी मन्त्रालयले आफ्नो काम गरिसकेको र खुलेपछि प्रदेश र स्थानीय तहसँग छलफल गरेर अन्तिम टुंगो लगाईने स्पष्ट पारिन्।

उनले आवासको अधिकारसम्बन्धी ऐनको नियमावली बनेर अर्थ मन्त्रालयमा फाइल पुगेको र लकडाउनका कारण महान्यायधिवक्ताको कार्यालयको बैठक बस्न नसकेकाले अपराध पीडित संरक्षण ऐन २०७५ को नियमावलीलाई अन्तिम टुंगोमा पुर्‍याउन नसकिएको स्पष्ट पारिन्।

प्रकाशित मिति : २६ जेठ २०७७, सोमबार  १२ : ५१ बजे

पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको भुवाने देउरालीमा पाखो सम्याएर खेलमैदान

रौतहटमा धान उत्पादन घट्यो

रौतहट– गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका

गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष