नेपालको झण्डा फहराएर जनकपुर-जयनगर रेल चलाइन्छ- मन्त्री नेम्बाङ « Khabarhub

नेपालको झण्डा फहराएर जनकपुर-जयनगर रेल चलाइन्छ- मन्त्री नेम्बाङ


२६ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले आगामी आर्थिक वर्षमा नेपालको झण्डा फहराएर जनकपुर जयनगर रेल चलाइने बताएका छन्।

संसदमा बिनियोजन बजेटमाथि मन्त्रालयगत छलफलमा उठेका प्रश्नको सांसदहरुको जवाफ दिँदै उनले यस्तो बताएका हुन्।

‘नेपालको झण्डा फहराएर जनकपुर जयनगर रेल चलाइने छ,’ उनले भने, ‘त्यसको लागि आवश्यक बजेटको व्यवस्था गरिएको छ।’

उनले कोरोना महामारीका कारण देशको बजेट नै घटेको बताउँदै सांसदहरुले माग गरे अनुसार योजनाहरुमा बजेट हाल्न नसकिएको स्वीकार गरे।

‘विश्व व्यापी फैलिएको कोरोना महमारीले यो मन्त्रालयको करिब २२ अरबले न्यून बजेट छ,’ उनले भने, ‘यस्तो अवस्थामा प्रादेशिक सन्तुलन गरिएको छ। ख्याल मात्रै होइन बजेट सन्तुलन वितरण गरिएको छ। माननीय सदस्यहरुको माग बमोजिम योजना समेट्न सकिएको छैन। आगामी वर्ष यसलाई समेटिनेछ।’

उनले ८० वटा राजमार्गलाई निरन्तरता दिँदै पूर्वपश्चिम राजमार्गलाई चार लेनको बनाउने काम अघि बढाउन बजेटको व्यवस्था गरिएको पनि बताए।

उनले सडक सुरक्षा ऐन संसदमा पेश गर्न तयारी अवस्थामा रहेको पनि जानकारी गराए। निर्वाचन क्षेत्रमा रणनीतिक सडक निर्माण कार्य सुरु गरेर समानुपातिक विकासको थालनी गरेको पनि बताए। उनले काठमाडौं उपत्यका भित्र फ्लाइ ओभर निर्माणको काम अघि बढाइने पनि बताए।

प्रकाशित मिति : २६ जेठ २०७७, सोमबार  १ : १९ बजे

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्।

चाडपर्व नजिकिँदै गर्दा मूल्यवृद्धि नियन्त्रणमा सरकार असफल भएको एमालेको आरोप

काठमाडौँ – नेकपा (एमाले) ले चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य

वित्तीय समावेशीकरण र पहुँच विस्तारका लागि राष्ट्र बैंकले गर्‍यो फिनटेक रणनीति सार्वजनिक

काठमाडौँ – नेपालमा डिजिटल वित्तीय सेवाको दायरा फराकिलो बनाउँदै वित्तीय

विपत् व्यवस्थापनमा भोटेकोशी बाढीले पढाएको पाठ

भनिन्छ– प्राकृतिक विपत्ति कहिल्यै निम्तो दिएर आउँदैन। बाढी, पहिरो, चट्याङ,

आर्सनलका युवा प्रतिभा डोउम्यानको दुई गोलमा आर्सनलको जित

काठमाडौँ – १६ वर्षीय युवा खेलाडी म्याक्स डोउम्यानको दुई गोलमद्दतमा