रोनाल्डको गोलले पनि जोगाउन सकेन यभेन्टसलाई, एसी मिलानसँग लज्जास्पद हार | Khabarhub Khabarhub

रोनाल्डको गोलले पनि जोगाउन सकेन यभेन्टसलाई, एसी मिलानसँग लज्जास्पद हार


२४ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – क्रिस्टियानो रोनाल्डोको गोलका बाबजुद यभेन्टसले इटालियन सिरी ए मा एसी मिलानसँग लज्जास्पद हार बेहोरेको छ ।

अंक तालिकाको शीर्षस्थानमा रहेको साविक विजेता युभेन्टस मंगलबारको खेलमा लज्जास्पद एसी मिलानको घरेलु मैदान सान सिरोमा ४-२ ले पराजित भयो ।

निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा भने ६ गोल भएको थियो ।

युभेन्टसले दोस्रो हाफको सुरुवाती ८ मिनेटमा नै २-० को अग्रता लिएपनि १८ मिनेटको अन्तरमा लगातार ४ गोल खायो ।

दोस्रो हाफको ४७ औं मिनेटमा फ्रान्सेली मिडफिल्डर एड्रीएन राबीओटले उत्कृष्ट गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए ।

अग्रता लिएको ६ मिनेटमा नै युभेन्टसले क्रिस्टियानो रोनाल्डोको गोलमा २-० ले अगाडी बढ्यो ।

खेलको ६२ औं मिनेटमा घरेलु टोली मिलानले भिडियो असिस्टेन्ट रेफ्रीको सहायताले पेनाल्टी पायो ।

लिओनार्डो बोनुचीले कर्नरमा ह्यान्ड गरेपछि रेफ्रीले रिप्ले हेरेर पेनाल्टी दिएका थिए । फरवार्ड ज्लाटन इब्राहिमोभिचले उक्त पेनाल्टीलाई गोलमा परिणत गर्दै खेलमा फर्कने संकेत दिए ।

६६ औं मिनेटमा इब्राहिमोभिचको पासमा फ्रान्क केस्सीले गोल गर्दै खेल बराबरीमा ल्याए । ६७ औं मिनेटमा मिलानले अग्रता लियो । एन्टे रेबिचको पासलाई पोर्चुगिज फरवार्ड राफाएल लिआओले गोलमा परिणत गर्दै पुनरागमन जीतको आधार बनाए ।

८० औं मिनेटमा युभेन्टसको कमजोर डिफेन्सको फाइदा उठाउँदै रेबिचले गोल गरे । गिआकोमो बोनाभेन्चुराले डिफेन्डरले दिएको पास आफ्नो नियन्त्रणमा लिँदै दिएको पासमा रेबिचले गोल गरेका थिए ।

यस हारका बाबजुद पनि युभेन्टस अंक तालिकाको शीर्षस्थानमा ७ अंकले अगाडी रहेको छ । युभेन्टसको ३१ खेलमा ७५ अंक छ । मिलान भने ३१ खेलमा ४९ अंकसहित पाँचौ स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  ५ : ४८ बजे

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले

मानवीय सहायता अभावले करोडौँ शरणार्थी संकटमा : संयुक्त राष्ट्रसंघ

जिनेभा – मानवीय सहायता बजेटमा भएको भारी कटौतीका कारण विश्वभरका