मुलुकका विभिन्न स्थानमा हल्का वर्षा, कस्तो रहला दिनभरको मौसम ? « Khabarhub

मुलुकका विभिन्न स्थानमा हल्का वर्षा, कस्तो रहला दिनभरको मौसम ?


२४ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मनसुनी वायुको प्रभावसँगै अहिले विभिन्न ४ वटा प्रदेशमा वर्षा भइरहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले सुदूरपश्चिम, गण्डकी, प्रदेश ५, प्रदेश २ को धनुषा, सिरहा तथा प्रदेश १ को विराटनगर आसपासको क्षेत्रमा बदली भइ हल्का वर्षा भइरहेको छ ।

मुलुकका विभिन्न भू-भागमा सामान्यदेखि पूर्ण बदली रही आज दिउँसो कर्णालीबाहेकका सबैजसो भू-भागका केही स्थानहरूमा भारी वर्षा हुने महाशाखाले जनाएको छ ।

भारी वर्षासँगै ती क्षेत्र    मा बाढी – पहिरोको जोखिम रहेको तथा बिभिन्न क्षेत्रका नदीहरूमा पानीको बहाव बढ्ने, भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल एवं पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

 महाशाखाको पछिल्लो विवरणअनुसार दिपायलमा ३३.६ मिलिलिटर वर्षा भएको छ । यस्तै डडेल्धुरामा २९.५, धनगढीमा २५.५, वीरेन्द्रनगरमा १८.२, नेपालगञ्जमा २५.२, जुम्लामा ९.४, घोराहीमा ५.५, पोखरामा २.९, भैरहवामा २.६, काठमाडौँमा २.४, जोमसोममा १८.५, धरानमा ३.१, लुम्लेमा ८३.३ र जिरीमा २७ मिलिलिटर वर्षा भएको छ ।

नेपाल बाढी पूर्वानुमान महाशाखाले भने  कञ्चनपुरमा भारी वर्षापछि भीमदत्त नगरपालिकास्थित चौधर नदी लगायत कञ्चनपुर भई बहने स-साना नदीमा बाढी आउन सक्ने भएकाले विहान १० बजेसम्म सतर्कता अपनाउन आह्वान गरेको छ ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  ८ : १२ बजे

घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध : मन्त्री यादव

काठमाडौं– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले घरेलु श्रमिकलाई सुरक्षित,

बालेनबारे सुदनको कटाक्ष : जनताले देशको चाबी दिए, ड्राइभर एम्बुलेन्सको परेछ

काठमाडौं- श्रम संस्कृति पार्टीका नेता सुदन किरातीले काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख

बागमतीमा नयाँ सरकारको संकट उस्तै : राप्रपाको विवाद र नेकपाको असन्तुष्टिबीच बहिष्कार गर्न कांग्रेस ह्विप

हेटौँडा- बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले मंगलबार फेरि प्रदेशसभाबाट

नाडा अटो शोमा यामाहाका नयाँ भेरियन्ट सार्वजनिक हुँदै

काठमाडौं– यामाहाले नयाँ भेरियन्टहरू नाडा अटो शो २०२६ मा सार्वजनिक गर्ने

एक्सन दृश्य केन्द्रमा राखेर निखिलले सार्वजनिक गरे ‘आचार्य’को टिजर

काठमाडौं – नायक निखिल उप्रेतीको निर्देशनमा बनेको फिल्म ‘आचाय’को टिजर