घर नै अघि सलमान खान किन कुटिए ? « Khabarhub

घर नै अघि सलमान खान किन कुटिए ?


२४ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विश्वभर कोरोना भाइरसको संक्रमण फैलिएसँगै फिल्मी क्षेत्रमा पनि यसको असर देखिएको छ ।

सधै चर्चामा रहने बलिउड पनि कोरोनाको मारमा परेको छ । तर लकडाउनको समयमा पनि बलिउडमा भने पुरानो फोटो र प्रसँगले स्थान बनाएको छ ।

बलिउडक कलाकारका पुराना फोटो र किस्साले सामाजिक सञ्जालमा निकै स्थान पाएका छन् । यहीबीच सलमान खानले कपिल शर्माको शोमा आफुलाई केहि मानिसले कुटेको प्रसँग सुनाएका छन् ।

सलमान खानका अनुसार एक समय उनको घर अगाडी सडकमा उभिएर एक फ्यान सलमानका भाइ सोहेल खानलाई गाली गरिरहेका थिए । सोहेल खान गाली गर्नुको कारणबारे बुझ्न ती फ्यान नजिक पुगे । तर ती फ्यानका साथमा आएका अन्य ४/५ जनाले सोहेललाई नै पिट्न थाले ।

आफ्ना भाइलाई पिटेको देखेर जब सलमान खान त्यस समुहलाई पिट्न गए उल्टै ४/५ जनाको समुहमा रहेका ती फ्यानहरुले सलमानलाई कुटे ।

उनीहरुले सलमानको ढाडमा गहिरो चोट लाग्ने गरी झण्डाले हिर्काए । सलमान भन्छन्, ‘जब ती मानिस मलाई कुटिरहेका थिए म कुनै हिरोको जस्तो रियाक्ट गर्नुको सट्टा ओ दुख्यो भन्दै चिच्याउँदै थिए ।’

सलमान खान लकडाउनको समयमा आफ्नो पनवेल फार्म हाउसमा बसेका थिए । यहि समयमा उनको तीन गीत प्यार करोना, भाइभाइ, तेरे बिना रिलिज भएको थियो । सलमान अब राधे : योर मोस्ट वान्टेड भाइ, कभी ईद कभी दिवाली, गन्स अफ नार्थ लाइन लगायत फिल्म मार्फत देखा पर्दैछन् ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  ९ : ३९ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र