घर नै अघि सलमान खान किन कुटिए ? « Khabarhub

घर नै अघि सलमान खान किन कुटिए ?


२४ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विश्वभर कोरोना भाइरसको संक्रमण फैलिएसँगै फिल्मी क्षेत्रमा पनि यसको असर देखिएको छ ।

सधै चर्चामा रहने बलिउड पनि कोरोनाको मारमा परेको छ । तर लकडाउनको समयमा पनि बलिउडमा भने पुरानो फोटो र प्रसँगले स्थान बनाएको छ ।

बलिउडक कलाकारका पुराना फोटो र किस्साले सामाजिक सञ्जालमा निकै स्थान पाएका छन् । यहीबीच सलमान खानले कपिल शर्माको शोमा आफुलाई केहि मानिसले कुटेको प्रसँग सुनाएका छन् ।

सलमान खानका अनुसार एक समय उनको घर अगाडी सडकमा उभिएर एक फ्यान सलमानका भाइ सोहेल खानलाई गाली गरिरहेका थिए । सोहेल खान गाली गर्नुको कारणबारे बुझ्न ती फ्यान नजिक पुगे । तर ती फ्यानका साथमा आएका अन्य ४/५ जनाले सोहेललाई नै पिट्न थाले ।

आफ्ना भाइलाई पिटेको देखेर जब सलमान खान त्यस समुहलाई पिट्न गए उल्टै ४/५ जनाको समुहमा रहेका ती फ्यानहरुले सलमानलाई कुटे ।

उनीहरुले सलमानको ढाडमा गहिरो चोट लाग्ने गरी झण्डाले हिर्काए । सलमान भन्छन्, ‘जब ती मानिस मलाई कुटिरहेका थिए म कुनै हिरोको जस्तो रियाक्ट गर्नुको सट्टा ओ दुख्यो भन्दै चिच्याउँदै थिए ।’

सलमान खान लकडाउनको समयमा आफ्नो पनवेल फार्म हाउसमा बसेका थिए । यहि समयमा उनको तीन गीत प्यार करोना, भाइभाइ, तेरे बिना रिलिज भएको थियो । सलमान अब राधे : योर मोस्ट वान्टेड भाइ, कभी ईद कभी दिवाली, गन्स अफ नार्थ लाइन लगायत फिल्म मार्फत देखा पर्दैछन् ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  ९ : ३९ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने