ऐश्वर्यासँग अनस्क्रिन रोमान्स गर्न चाहन्छन् अभिषेक « Khabarhub

ऐश्वर्यासँग अनस्क्रिन रोमान्स गर्न चाहन्छन् अभिषेक


२४ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता ऐश्वर्या राय बच्चन र अभिषेक बच्चनलाई बलिउडको सुन्दर जोडीमध्ये एक मानिन्छ । ऐश्वर्याले पहिले नै कैयन् हिट फिल्म दिएकी थिइन्, जतिबेला अभिषेक बच्चनका कुनै फिल्म पनि रिलिज भएका थिएनन् ।

अभिषेक र ऐश्वर्या पहिलोपटक ‘ढाई अक्षय प्रेम के’ फिल्ममा देखिएका थिए । यो फिल्मबाट यी दुवै राम्रा साथी बने । पछि प्रेमसम्बन्धमा पनि परे । र, बिहे पनि गरे ।

यी दुईको अफस्क्रिन केमेस्ट्री लोभलाग्दो छ । अभिषेक र ऐश्वर्याले कैयौंपटक अनस्क्रिन केमेस्ट्रीबारे पनि कुरा गरेका छन् । एक अन्तर्वार्ताका क्रममा अभिषेकले फिल्म चित्त बुझे ऐश्वर्यासँग अनस्क्रिन रोमान्स गर्न चाहेको पनि बताए ।

अभिषेकले ऐश्वर्यासँगको व्यक्तिगत सम्बन्ध र व्यावसायिक सम्बन्ध फरक भएको बताएका थिए । उनले भने, ‘हामीले कहिल्यै पनि केवल फिल्ममा देखिनका लागि फिल्म साइन गरेनौं ।’

‘फिल्ममा त्यस्तो होस्, जो रचनात्मक तरिकाले हरेक कलाकारको आवश्यकतालाई पूरा गर्न सकोस्, प्रोजेक्टको विषयमा निर्भर हुन्छ,’ उनले भने ।

यतिबेला अभिषेक घरमै परिवारका साथ बिताइरहेका छन् । लकडाउनका बेला उनले छोरी आरध्यालाई पनि समय दिइरहेका छन् । उनलाई अनुराग बासुको फिल्म ‘लुडो’ मा पनि देख्न सकिनेछ ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  ११ : २७ बजे

रविलाई पार्टी कार्यालयमा स्वागत, घण्टी बजाएर गरे सम्बोधन (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय

केपी ओलीलाई रविको चुनौती : पार्टीमा जस्तै संसदीय चुनाव पनि जितेर देखाउनू

काठमाडौं- राष्ट्रिय स्वन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली कांग्रेर र

‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छ घर’ सार्वजनिक

काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर– टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका