ऐश्वर्यासँग अनस्क्रिन रोमान्स गर्न चाहन्छन् अभिषेक « Khabarhub

ऐश्वर्यासँग अनस्क्रिन रोमान्स गर्न चाहन्छन् अभिषेक


२४ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता ऐश्वर्या राय बच्चन र अभिषेक बच्चनलाई बलिउडको सुन्दर जोडीमध्ये एक मानिन्छ । ऐश्वर्याले पहिले नै कैयन् हिट फिल्म दिएकी थिइन्, जतिबेला अभिषेक बच्चनका कुनै फिल्म पनि रिलिज भएका थिएनन् ।

अभिषेक र ऐश्वर्या पहिलोपटक ‘ढाई अक्षय प्रेम के’ फिल्ममा देखिएका थिए । यो फिल्मबाट यी दुवै राम्रा साथी बने । पछि प्रेमसम्बन्धमा पनि परे । र, बिहे पनि गरे ।

यी दुईको अफस्क्रिन केमेस्ट्री लोभलाग्दो छ । अभिषेक र ऐश्वर्याले कैयौंपटक अनस्क्रिन केमेस्ट्रीबारे पनि कुरा गरेका छन् । एक अन्तर्वार्ताका क्रममा अभिषेकले फिल्म चित्त बुझे ऐश्वर्यासँग अनस्क्रिन रोमान्स गर्न चाहेको पनि बताए ।

अभिषेकले ऐश्वर्यासँगको व्यक्तिगत सम्बन्ध र व्यावसायिक सम्बन्ध फरक भएको बताएका थिए । उनले भने, ‘हामीले कहिल्यै पनि केवल फिल्ममा देखिनका लागि फिल्म साइन गरेनौं ।’

‘फिल्ममा त्यस्तो होस्, जो रचनात्मक तरिकाले हरेक कलाकारको आवश्यकतालाई पूरा गर्न सकोस्, प्रोजेक्टको विषयमा निर्भर हुन्छ,’ उनले भने ।

यतिबेला अभिषेक घरमै परिवारका साथ बिताइरहेका छन् । लकडाउनका बेला उनले छोरी आरध्यालाई पनि समय दिइरहेका छन् । उनलाई अनुराग बासुको फिल्म ‘लुडो’ मा पनि देख्न सकिनेछ ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  ११ : २७ बजे

जिटुजीमार्फत् खरिद गरेको रासायनिक मल विराटनगरमा

विराटनगर– सरकारले जिटुजीमार्फत् खरिद गरेको रासायनीक मल विराटनगर आउन शुरु

पछिल्लो पाँच वर्षमा सर्वाधिक मुद्दा फैसला गर्ने उच्चका न्यायाधीशमा नरिश्वर पहिलो

काठमाडौं- पछिल्लो पाँच आर्थिक वर्षमा सर्वाधिक मुद्दा फैसला गर्ने उच्च

ककरोच जनता पार्टीसँग भारत सरकारले माग्यो शनिबारसम्मको समय

काठमाडौं- भारतीय सत्तापक्ष र ककरोच जनता पार्टीका प्रतिनिधिहरूबीच दिल्लीस्थित कन्स्टिट्युसन

सत्याग्रहमा रहेका डा. केसीलाई धर्मशाला खाली गर्न समितिको पत्र 

धनगढी– धनगढीस्थित कृष्ण मन्दिर धर्मशाला व्यवस्थापन समितिले अनिश्चितकालीन सत्याग्रहमा रहेका

व्यवसायीलाई बालेनले भने : निर्यातजन्य उद्योगका समस्या समाधान गर्छौँ

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले नेपालका प्रमुख निर्यातजन्य उद्योग व्यवसायसँग सम्बन्धित