सनी देओलको यो फिल्मबाट प्रभावित थिए ग्याङस्टर विकास दुबे | Khabarhub Khabarhub

सनी देओलको यो फिल्मबाट प्रभावित थिए ग्याङस्टर विकास दुबे


२४ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – ग्याङस्टर विकास दुबेले अपराधको दुनियाँमा कदम राख्नुभन्दा पहिले सन् १९९९ मा रिलिज भएको फिल्म ‘अर्जुन पण्डित’ हेरेका थिए । यो फिल्मका कारण पनि उनी अपराधको दुनियाँमा कदम राख्न प्रभावित भएको हुनसक्ने बताइएको छ ।

यही फिल्मबाट प्रेरित भएर उनी विकास दुबेबाट विकास पण्डित बने । राजनीतिज्ञ र प्रहरीबीच पनि उनी पण्डितकै रुपमा चिनिए ।

स्थानीय पत्रकारका अनुसार विकासलाई पण्डित भन्दा खुब रमाइलो लाग्थ्यो ।

फिल्ममा अर्जुन (सनी देओल) एक शक्तिशाली व्यक्तिको हातमा कठपुतली बन्छ । र, आफैले देखेको अपराधका बारेमा पनि चुप बस्छ । ऊ निशा नामकी एक युवतीसँग प्रेममा पर्छ । प्रेममा धोका खाएपछि ऊ ग्याङस्टर बन्छ ।

स्थानीय पत्रकारका अनुसार विकास दुबेले यो फिल्म सयौंपटक हेरेका थिए । र, उनी फिल्मबाट पूर्ण प्रभावित पनि थिए । विकासले फिल्मको कहानीमा झैँ आफ्नो परिचय पण्डितका रुपमा गराउँथे ।

विकास दुबे भारतीय प्रहरीको खोजी सूचीमा रहेका ग्याङस्टर भए पनि ३ जुनमा बिकरु गाउँमा ८ प्रहरीको ज्यान जाने गरी भएको हमलापछि थप चर्चामा छन् ।

दुबेलाई प्रहरीले प्रक्राउ गर्न खोजी थालेको छ । योगी आदित्यनाथको सरकारले दुबेको शिरको इनाम साढे २ लाख राखेका छन् ।

दुबेलाई पक्राउ गर्नमा ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको जनाइएको छ ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  १ : ३९ बजे

इलाममा सुहाङलाई ६ हजार ६०६ मतको अग्रता

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

डढेलोका घटना रोकथाममा लाग्न मुख्यमन्त्रीको अधिकारीको आग्रह

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सुक्खा मौसमसँग फैलिरहेको

सगरमाथाको चौथो शिविरसम्म बाटो खुल्यो

काठमाडौं – सन् २०२४ को वसन्त याममा सगरमाथा हिमाल आरोहणका

इलाममा अग्रता बढाउँदै सुहाङ, डम्बर ६ हजार ५ सय मतले पछाडि

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

रौतहटमा आगलगी हुँदा तीन घर जलेर नष्ट

बैशाख- रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५ बडहर्वा