सनी देओलको यो फिल्मबाट प्रभावित थिए ग्याङस्टर विकास दुबे « Khabarhub

सनी देओलको यो फिल्मबाट प्रभावित थिए ग्याङस्टर विकास दुबे


२४ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – ग्याङस्टर विकास दुबेले अपराधको दुनियाँमा कदम राख्नुभन्दा पहिले सन् १९९९ मा रिलिज भएको फिल्म ‘अर्जुन पण्डित’ हेरेका थिए । यो फिल्मका कारण पनि उनी अपराधको दुनियाँमा कदम राख्न प्रभावित भएको हुनसक्ने बताइएको छ ।

यही फिल्मबाट प्रेरित भएर उनी विकास दुबेबाट विकास पण्डित बने । राजनीतिज्ञ र प्रहरीबीच पनि उनी पण्डितकै रुपमा चिनिए ।

स्थानीय पत्रकारका अनुसार विकासलाई पण्डित भन्दा खुब रमाइलो लाग्थ्यो ।

फिल्ममा अर्जुन (सनी देओल) एक शक्तिशाली व्यक्तिको हातमा कठपुतली बन्छ । र, आफैले देखेको अपराधका बारेमा पनि चुप बस्छ । ऊ निशा नामकी एक युवतीसँग प्रेममा पर्छ । प्रेममा धोका खाएपछि ऊ ग्याङस्टर बन्छ ।

स्थानीय पत्रकारका अनुसार विकास दुबेले यो फिल्म सयौंपटक हेरेका थिए । र, उनी फिल्मबाट पूर्ण प्रभावित पनि थिए । विकासले फिल्मको कहानीमा झैँ आफ्नो परिचय पण्डितका रुपमा गराउँथे ।

विकास दुबे भारतीय प्रहरीको खोजी सूचीमा रहेका ग्याङस्टर भए पनि ३ जुनमा बिकरु गाउँमा ८ प्रहरीको ज्यान जाने गरी भएको हमलापछि थप चर्चामा छन् ।

दुबेलाई प्रहरीले प्रक्राउ गर्न खोजी थालेको छ । योगी आदित्यनाथको सरकारले दुबेको शिरको इनाम साढे २ लाख राखेका छन् ।

दुबेलाई पक्राउ गर्नमा ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको जनाइएको छ ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  १ : ३९ बजे

समस्या समाधानका लागि अस्पतालको निरीक्षण गर्दै मन्त्री मेहता

सप्तरी– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासहितको टोलीले समस्या पहिचान

 जाजरकोट पहिरो : सेनाद्वारा ३०० जनाको उद्धार

काठमाडौं– नेपाली सेनाले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ इलाकामा गएको पहिरोबाट

नेपालको सीमानजिकै वीरपुरमा भारतले किन बनाउँदैछ एयरपोर्ट ?

काठमाडौं- नेपालको सुनसरी जिल्लासँग सीमा जोडिएको भारत बिहार राज्यको सुपौल

पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने

काठमाडौं– सरकारले पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गर्ने