अविरल वर्षाले भीमदत्तनगरका बस्ती डुबानमा | Khabarhub Khabarhub

अविरल वर्षाले भीमदत्तनगरका बस्ती डुबानमा


२४ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भीमदत्तनगर – दुई दिनदेखिको अविरल वर्षाका कारण कञ्चनपुरको भीमदत्तनगर बजार र आसपासको क्षेत्र डुबानमा परेको छ ।

ढल व्यवस्थापनको अभाव र पानीको निकास नहुँदा भीमदत्तनगरपालिका–१८ बागबानी, १५ निम्बुखेडा, जानकी टोल, सालघारी, गोवरिया बजारको सब्जीमण्डी, भीमदत्तनगरपालिका–६ ऐठपुरको राजमार्ग क्षेत्रका केही घर डुबानमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले पानीको निकास नहुँदा यहाँका केही घरमा पानी पसेको जानकारी आए पनि अवस्था सामान्य रहेको बताए ।

“भीमदत्तनगरपालिका–१३ झोलुङ्गे पुल छेउको प्रहरीचौकीमा पनि पानी जम्मा भएको खबर आएको छ,” उनले भने, “निकास नहुँदा जलमग्न भए पनि क्षति भएको छैन ।” बजारको उत्तरतर्फका खोला, खहरे होला मासिँदा पछिल्ला वर्षमा डुबानको समस्या हुँदै आएको छ ।

कञ्चनपुर र कैलालीका अधिकांश भागमा रातिदेखि निरन्तर वर्षा हुँदै आएको छ । त्यसैगरी कञ्चनपुरको भीमदत्तनगरपालिका–१८ बागबानीमा डुबानमा परेका केही घरका स्थानीयवासीलाई सशस्त्र प्रहरीको सहयोगमा उद्धार गरिएको छ ।

स्थानीयवासीलाई उद्धार गरी स्थानीय राधाकृष्ण मन्दिर परिसरमा व्यवस्थापन गरिएको भीमदत्तनगरपालिका कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  ४ : ४२ बजे

कालीगण्डकी कोरिडोर : लस्ती–बेनी खण्ड कालोपत्र गरिँदै

म्याग्दी– कालीगण्डकी कोरिडोरअन्तर्गत लस्ती–बेनी खण्डमा कालोपत्र गर्न थालिएको छ ।

मतदाता नामावलीमा नाम दर्ता गर्नेको उत्साहजनक सहभागिता 

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

देशभरको मौसम सफा रहने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मर्मतपछि नेपाल एयरलाइन्सको ट्वीनअटर विमान व्यावसायिक उडानमा

काठमाडौं – नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ट्वीनअटर विमान

आर्सनलमाथि बायर्नको रोचक कमब्याक जित

काठमाडौं – महिला च्याम्पियन्स लिगमा आर्सनल पराजित भएको छ ।