वर्षौंदेखि ढल्किएको सीमा स्तम्भ लड्यो « Khabarhub

वर्षौंदेखि ढल्किएको सीमा स्तम्भ लड्यो


२४ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर – सुदूरपश्चिम कञ्चनपुरको बेलौरी नगरपालिका–२, बैजुडाँडामा रहेको नेपाल–भारत सीमा स्तम्भ ढलेको छ । मंगलबार १२ बजेतिर २०७ नम्बरको स्तम्भ ढलेको बेलौरी बोर्डर आउट पोष्टका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) गङ्गादत्त पन्तले बताए ।

उनकाअनुसार सीमास्तम्भ नजिकैको सिमलको रूखका कारण वर्षौंदेखि ढल्किएको अवस्थामा थियो । बुधबार बिहानदेखिको वर्षाका कारण स्तम्भ ढलेको डिएसपी पन्तले बताए । उनले भने, ‘जीर्ण रहेको पिल्लर (स्तम्भ) लगातार वर्षा हुँदा ढलेको हो ।’

फिल्डमा देखिएको उक्त स्तम्भ नापी विभागको रेकर्डमा भने नरहेको उनले बताए । ढलेको स्तम्भ पुनस्र्थापनाका लागि सम्बद्ध निकायमा रिपोर्ट गरिएको पनि डिएसपी पन्तले बताए । उनले भने ‘सीमा पिल्लर मर्मत एक पक्षले मात्र गर्न पाउँदैन, दुबै पक्षले गर्नुपर्छ, हामीले रिपोर्ट गरेका छौँ, भारतीय पक्षले पनि गर्‍यो होला ।’

लामो समयदेखि सीमास्तम्भ ढल्किएर जीर्ण हुँदासमेत सम्बन्धित निकायको बेवास्ताका कारण सीमास्तम्भ ढलेको स्थानीयले बताए ।

कञ्चनपुरको दक्षिणी क्षेत्रमा भारतीय पक्षले कैयौँ स्थानमा सीमास्तम्भ गायब पार्ने र नक्कली स्तम्भ खडा गरेर सीमा अतिक्रमण गर्ने गरेको उनीहरूको आरोप छ ।

नेपालले सीमा स्तम्भहरूमा ध्यान नपुर्‍याउँदा सीमा अतिक्रमण हुने गरेको उनीहरूको भनाइ छ ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  ५ : २२ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन