वर्षौंदेखि ढल्किएको सीमा स्तम्भ लड्यो | Khabarhub Khabarhub

वर्षौंदेखि ढल्किएको सीमा स्तम्भ लड्यो


२४ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर – सुदूरपश्चिम कञ्चनपुरको बेलौरी नगरपालिका–२, बैजुडाँडामा रहेको नेपाल–भारत सीमा स्तम्भ ढलेको छ । मंगलबार १२ बजेतिर २०७ नम्बरको स्तम्भ ढलेको बेलौरी बोर्डर आउट पोष्टका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) गङ्गादत्त पन्तले बताए ।

उनकाअनुसार सीमास्तम्भ नजिकैको सिमलको रूखका कारण वर्षौंदेखि ढल्किएको अवस्थामा थियो । बुधबार बिहानदेखिको वर्षाका कारण स्तम्भ ढलेको डिएसपी पन्तले बताए । उनले भने, ‘जीर्ण रहेको पिल्लर (स्तम्भ) लगातार वर्षा हुँदा ढलेको हो ।’

फिल्डमा देखिएको उक्त स्तम्भ नापी विभागको रेकर्डमा भने नरहेको उनले बताए । ढलेको स्तम्भ पुनस्र्थापनाका लागि सम्बद्ध निकायमा रिपोर्ट गरिएको पनि डिएसपी पन्तले बताए । उनले भने ‘सीमा पिल्लर मर्मत एक पक्षले मात्र गर्न पाउँदैन, दुबै पक्षले गर्नुपर्छ, हामीले रिपोर्ट गरेका छौँ, भारतीय पक्षले पनि गर्‍यो होला ।’

लामो समयदेखि सीमास्तम्भ ढल्किएर जीर्ण हुँदासमेत सम्बन्धित निकायको बेवास्ताका कारण सीमास्तम्भ ढलेको स्थानीयले बताए ।

कञ्चनपुरको दक्षिणी क्षेत्रमा भारतीय पक्षले कैयौँ स्थानमा सीमास्तम्भ गायब पार्ने र नक्कली स्तम्भ खडा गरेर सीमा अतिक्रमण गर्ने गरेको उनीहरूको आरोप छ ।

नेपालले सीमा स्तम्भहरूमा ध्यान नपुर्‍याउँदा सीमा अतिक्रमण हुने गरेको उनीहरूको भनाइ छ ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  ५ : २२ बजे

नेपाल र नेदरल्याण्ड्सबीच दोस्रो सुपर ओभरमा पनि बराबरी

काठमाडौं – स्कटल्यान्डमा जारी टी–२०अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिजमा नेपाल र नेदरल्याण्ड्सबीचको

नेपाल र नेदरल्यान्ड्सबीचको खेल सुपरओभरमा

काठमाडौं – स्कटल्यान्डमा जारी टी-२० अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिजअन्तर्गत नेपाल र

प्रधानमन्त्री ओलीको स्पेन भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणलाई मन्त्रिपरिषद् बैठकले

मलामी गएका किशोरको डुबेर मृत्यु

दैलेख – मलामी गएका गुराँस गाउँपालिका–४ रिठाका ११ वर्षीय कमल

मोहन वैद्य अस्पतालबाट डिस्चार्ज

काठमाडौं – क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य महाराजगञ्जस्थित