क्रिएशन र कोका–कोलाद्वारा चितवनमा दोस्रो चरणको राहत वितरण « Khabarhub

क्रिएशन र कोका–कोलाद्वारा चितवनमा दोस्रो चरणको राहत वितरण

अन्तिम चरणको कार्यक्रम सप्तरी, सिराहा र पर्सामा आयोजना गरिँदै


२४ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोका–कोलासँगको सहकार्यमा युवा, महिला तथा वातावरणको क्षेत्रमा क्रियाशील संस्था क्रिएशनले कोरोना प्रभावित चितवनका सफाइकर्मीलाई राहत वितरण गरेको छ ।

३ हजार २०० सफाइकर्मीलाई सहयोग पुर्‍याउने लक्ष्यसहित कोका–कोला र क्रिएशनले शुरू गरेको राहत वितरणको यो दोस्रो चरण हो ।

कोरोना भाइरसको संक्रमणबाट सुरक्षित राख्न सरसफाइकर्मी र उनीहरूका परिवारलाई स्वास्थ्य तथा सुरक्षा सामग्री वितरण गरेको क्रिएशनले बताएको छ ।

राहत वितरणबाट चितवनमा ६४० जना सफाइकर्मीहरू लाभान्वित भएका छन् । उनीहरूलाई औषधि, जागरुकता सामग्री, ग्लभ्स, बुट र पीपीईलगायत सुरक्षा सामग्री वितरण गरिएको छ ।

जिल्लाको रत्ननगर र भरतपुरका विभिन्न १५ वटा स्थानमा आयोजना गरिएको कार्यक्रममा रिसाइक्लर साथी, कवाड व्यवसायी संघ र ग्रीनसिटी वेस्ट म्यानेजमेन्टको सहयोग थियो ।

कार्यक्रममा भरतपुर नगरपालिकाकी उपमेयर पार्वती शाह ठकुरी र रत्ननगर नगरपालिकाका मेयर नारायण वनको उपस्थिति थियो ।

अब अन्तिम चरणको राहत वितरण कार्यक्रम आगामी साता सप्तरी, सिराहा र पर्सामा आयोजना गर्ने तयारी गरिरहेको संस्थाले जानकारी दिएको छ ।

सफाइकर्मीको हित समाजसँग प्रत्यक्ष जोडिएकाले उनीहरूलाई विद्यमान महामारीको डरबाट मुक्त गराई सुरक्षित जीवन बिताउन सहयोग गर्नु सबैको कर्तव्य भएको क्रिएशनका संस्थापक तथा अध्यक्ष आनन्द मिश्रले बताए ।

यस्तै कठिन समयमा पनि सफाइकर्मीले प्रशंसनीय काम गरिरहेको बताउँदै कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले उनीहरूको सुरक्षाका लागि रक्षात्मक सामग्री र परिवारका लागि खाद्यान्न सुनिश्चित गरिएको बताए ।

‘सफाइकर्मी इमर्जेन्सी रिलिफ प्रोजेक्ट’ जेठ २ गतेदेखि शुरू भएको थियो । हालसम्म ४५ वटा राहत कार्यक्रम सम्पन्न भएका छन् भने २ हजार ३०० भन्दा बढी सफाइकर्मीहरू प्रत्यक्ष लाभान्वित भएको क्रिएशनको भनाइ छ ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  ४ : ०५ बजे

कांग्रेस महाधिवेशनमा भाजपा, चिनियाँ कम्युनिस्ट पार्टीसहित कुन देशका पार्टीले दिए शुभकामना ?

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका अवसरमा विभिन्न देशका

दाउन्ने बस दुर्घटना : मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न

राँझा– दसैँको पूर्वसन्ध्यामा बस दुर्घटनामा परी एकैघरका मामा र भान्जाको निधन

‘कांग्रेस महाधिवेशन वर्तमान र भविष्यबारे संवाद गर्ने थलो हो’

काठमाडौं-नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले कांग्रेसको १५औँ महाधिवेशन पार्टीको वर्तमान

आरेन राईले कांग्रेसको प्रसंशा गरेपछि खुलामञ्चमा हुटिङ

काठमाडौं- श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले नेपाली कांग्रेसको १५औँ

महाधिवेशनको लागि गगनले तयार गरेको राजनीतिक प्रतिवेदनमा आर्थिक दृष्टिकोण के छ ?

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनमा पेश