नेकपामा अब विवाद छैन : नेता पौडेल « Khabarhub

नेकपामा अब विवाद छैन : नेता पौडेल


२३ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले पार्टीभित्रको विवाद हल भएको बताएका छन् ।

जनयुद्धका शहीद सुरेश वाग्ले ‘वासु’ र भीमसेन पोखरेल ‘बैरागी’को २१ औँ स्मृति दिवसमा यहाँ उनले पार्टी अब महाधिवेशनतिर केन्द्रित हुने बताए ।

‘पार्टीमा अब विवाद छैन, स्थायी समिति बैठक पनि बस्दैछ, एकता सुदृढ बन्छ’, नेता पौडेलले भने, ‘शहीदका बलिदान खेर जान नदिन पार्टीलाई एकताबद्ध गर्नुको अर्को विकल्प छैन ।’ गणतन्त्र स्थापनादेखि पछिल्लो राजनीतिक, सामाजिक परिवर्तनमा जनयुद्धले पुर्‍याएको योगदानलाई कसैले पनि कम आँक्न नहुने उनको भनाइ छ ।

‘कसैले हिजोको आन्दोलन र बलिदानलाई लिएर तुच्छ टिप्पणी गरेको हामी पाउँछौँ, त्यो अल्पज्ञान हो’, उनले भने, ‘जनयुद्ध समाज रुपान्तरणका लागि लिइएको सचेत पहलकदमी थियो ।’ बागलुङ–२ का प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता पौडेलले शहीद वाग्लेलाई दृढ इच्छाशक्ति भएको क्रान्तिकारी व्यक्तित्वका रुपमा स्मरण गरे ।

‘उहाँसँगै एउटै समिति र मोर्चामा बसेर मैले पनि काम गर्ने अवसर पाएको थिएँ, विचार, राजनीतिमा पोख्त, शैन्यकौशल भएको र कुशल योजनाकारका रुपमा उहाँ चिनिनुहुन्थ्यो’, नेता पौडेलले भने । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)द्वारा सञ्चालित जनयुद्धमा शहादत प्राप्त गर्नेमा वाग्ले सबैभन्दा उपल्लो तहको नेता थिए ।

पार्टीको वैकल्पिक पोलिटब्युरो सदस्य रहेका गोरखाका वाग्ले र अर्का नेता पोखरेललाई पार्टी कामका सिलसिलामा हिँडिरहेका बेला आजकै दिन विसं २०५६ मा प्रहरीले हत्या गरेको थियो । स्मृति दिवस समारोहमा बोल्दै नेकपा बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटाले शहीदले देखाएको बाटोलाई आत्मसात् गर्नुपर्ने धारणा राखे ।

‘जनयुद्धमा भएको त्यत्रो ठूलो बलिदान कुनै ठट्टा होइन, अहिलेका उपलब्धि ल्याउनमा त्यसको ठूलो भूमिका छ’, उनले भने, ‘राजनीतिक ढङ्गले परिवर्तन त गर्‍यौँ तर शहीदले देखेको समाजवाद हुँदै साम्यवादको लक्ष्यमा पुग्न हाम्रो व्यवहार, कार्यशैली सही छ त ? समीक्षा गर्नुपर्ने बेला भएको छ ।’

प्रकाशित मिति : २३ भाद्र २०७७, मंगलबार  २ : ४३ बजे

दक्षिण कोरियाको निर्यात वृद्धि तीव्र

एजेन्सी– विश्व बजारमा अर्धचालक तथा कम्प्युटर भण्डारण उपकरणको माग निरन्तर

ट्राफिक प्रहरीले धनीलाई बुझायो चोरीका ५० मोटरसाइकल

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट

आईसीयू अन्तर्वार्तामाथि सांसद बास्कोटाको आपत्ति, भनिन्,‘मानिसको जीवनभन्दा ठूलो कन्टेन्ट र भ्यूज हुँदैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बास्कोटाले छाउनीस्थित वीरेन्द्र सैनिक

अन्तर्राष्ट्रिय दर्शक लक्षित गरी हङकङमा नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’को विशेष शो

काठमाडौं – संसारकै सर्वोच्च शिखर सगरमाथा आरोहणको साहासिक कथा र

मेल–इन मतदान रोक्ने ट्रम्पको प्रयासमा सर्वोच्चको रोक

वासिङ्टन- अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नोभेम्बरमा हुने मध्यावधि