सहकारीको ५ करोड ६७ लाख रू‍पैयाँ ठगी गरेको आरोपमा पक्राउ | Khabarhub Khabarhub

सहकारीको ५ करोड ६७ लाख रू‍पैयाँ ठगी गरेको आरोपमा पक्राउ


२३ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सहकारी संस्थाको रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका–२१ न्यूरोडमा रहेको नौलो परिवेश बचत तथा सहकारी संस्था लिमिटेडको प्रबन्धक पदमा रहेका बेला ५ करोड ६७ लाख रूपैयाँ ठगी गरेको आरोपमा काठमाडौं–३१ का ४४ वर्षीय राजकाजी खड्गी पक्राउ परेका हुन्।

२०७० असारदेखि गएको जेठ मसान्तसम्म सहकारीको हर हिसाव तथा बैंक खाता सञ्चालन समेतको सम्पूर्ण जिम्मा लिई उनले रकम ठगी गरेको आरोप लागेको छ ।

रकम ठगी फरार भएका उनलाई ललितपुर महानगरपालिका–२३ धापाखेलबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रवक्ता एसपी ईश्वर कार्कीले बताए।

पक्राउ परेका खड्गीलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकुको जिम्मा लगाइएको छ।

मुलुकी फौजदारी संहिता, २०७४ को दफा २४९ बमोजिम ठगी सम्बन्धी कसूरमा अनुसन्धानको लागि प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद पाएको छ।

प्रकाशित मिति : २३ भाद्र २०७७, मंगलबार  ७ : २८ बजे

फर्निचर उद्योगमा आगलागी

झापा– झापाको अर्जुनधारा नगरपालिका–११ बसपार्कस्थित एक फर्निचर उद्योगमा आगलागी भएको

संरक्षणको अभावमा पोखराको ‘गुँदे ताल’ (तस्बिरहरू) 

पोखरा- पोखरामा रहेका ९ तालमध्येको एक हो, गुँदे ताल । पोखरा

मुगुको कोटडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं– मुगुको कोटडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

गलकोटका सबै माध्यमिक तहका विद्यालयमा पानीको सुविधा

बागलुङ– स्रोत प्रसस्त भएर पनि गलकोटका अधिकांश विद्यालयमा पिउने पानीको

दक्षिणी युरोपमा प्रचण्ड गर्मी : बढ्न थाल्यो डढेलोको जोखिम

काठमाडौं – युरोपका धेरै स्थानलाई अहिले तातो हावाको बहावले प्रभावित