लाभांश वितरण र शेयर धितोमा राष्ट्र बैंकद्वारा कडाई « Khabarhub

लाभांश वितरण र शेयर धितोमा राष्ट्र बैंकद्वारा कडाई


२३ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल राष्ट्र बैंकले न्युनतम पुँजीकोष कायम नगर्ने बैंक तथा वित्तीय संस्थालाई लाभांश वितरण गर्न रोक लगाएको छ।

कुनैपनि आर्थिक बर्षको कुनै एक महिनामा पनि पुँजीकोष अनुपात नियम बमोजिम कायम नगरेको खण्डमा सो बैंकले लाभांश वितरण गर्न पाउने छैन।

नेपाल राष्ट्र बैंकले मंगलबार एकीकृत निर्देशन २०७६ लाई संशोधन गरी यस्तो व्यवस्था गरेको हो। यसअघि पुँजीकोष नपुर्याउने बैंक तथा वित्तिय संस्थाहरुले बोनस शेयर र कर बापत लाग्ने नगद लाभांश वितरण गर्न भने पाउने व्यवस्था थियो।

त्यस्तै यसअघि बाणिज्य बैंकहरुले विचमा र बर्षको अन्तिम महिनामा पुँजीकोष पुर्याउने गरेका थिए। तर अव भने बाहैै्र महिना पुँजीकोष अनिवार्य रुपमा पुर्याउनुपर्नेछ।

हाल बाणिज्य बैंकहरुले ८ अर्ब, विकास बैंकहरुले २ अर्ब ५० करोड र फाइनान्स कम्पनीहरुले ८० करोड रुपैयाँ पुँजीकोष कायम गर्नुपर्ने व्यवस्था रहेको छ।

त्यस्तै राष्ट्र बैंकले व्यक्ति वा संस्थासँग रहेको दुई प्रतिशत वा सोभन्दा बढी शेयर धितोमा राख्नुपरेमा अनिवार्य रूपमा राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ।

निर्देशिकामा अनुसार, ‘कुनै पनि इजाजतपत्र प्राप्त संस्थाको दुई प्रतिशत वा सोभन्दा बढी शेयर भएका संस्थापक शेयरधनीले यस बैंकको स्वीकृति लिएर मात्र आफ्नो नामको शेयर अन्य बैंकमा धितोबन्धक राख्न वा बिक्री गर्न सक्नेछन्।’

स्वीकृति माग गर्दा जुन संस्थाको शेयर धितो राखिने हो सो संस्थाले ती व्यक्तिको शेयर स्वामित्व तथा धितो रहे–नरहेको विवरणसमेत पेस गर्नुपर्नेछ। संस्थापक शेयर धितो बन्धक राखी कर्जा प्रवाह गर्दा त्यस्तो कर्जाको नवीकरण तथा पुनर्संरचना र पुनर्तालिकीकरण गर्न नपाइने व्यवस्था गरिएको छ।

०.५ प्रतिशतसम्म संस्थापक शेयर स्वामित्व रहेका संस्थापकले शेयर धितो राखी कर्जा लिएमा सम्पूर्ण बक्यौता ब्याज भुक्तानी भई कर्जा नियमित रहेको अवस्थामा त्यस्तो कर्जा नवीकरण गर्न बाधा पर्ने नपर्ने राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित मिति : २३ भाद्र २०७७, मंगलबार  ८ : ०६ बजे

कांग्रेसले महाधिवेशन असोजमै, राष्ट्रिय सभागृहको हल बुकिङका लागि सरकारलाई पत्र

काठमाडौं- नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभागृहको प्रदर्शनी

ऋषि भन्छन् : ओली नेतृत्वको सरकारले हाम्रा होनहार युवाहरूलाई गोली हानेर हत्या गर्‍यो

काठमाडौं– पत्रकार ऋषि धमलाले जेन-जी आन्दोलनका क्रममा दमन गर्नेहरूमाथि तत्काल कारबाही

नेपाली भूमिमा भारतीय गाउँको नाम लेखिएको बोर्ड, सच्याउन माग

दार्चुला- दार्चुलाको महाकाली नगरपालिका–८ असिगडास्थित नेपाल–भारत जोड्ने मोटरेबल पुलको नेपालतर्फ

‘कार्की साइँला’मा भरियाको भूमिकामा जितु नेपाल

काठमाडौं – कलाकार जितु नेपाल शीर्ष भूमिकामा रहेको फिल्म ‘कार्की

इरान युद्धले बढायो अमेरिकी उपभोक्ताको इन्धन खर्च

एजेन्सी- इरान युद्ध र महत्वपूर्ण समुद्री मार्गबाट कच्चा तेलको ढुवानीमा