ट्रम्पका नीति उल्ट्याउँदै बाइडेन « Khabarhub

ट्रम्पका नीति उल्ट्याउँदै बाइडेन


२३ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले राष्ट्रपति डोनाल्ड ट्रम्पका नीतिहरु उल्टाउने संकेत दिएका छन् । उनले ट्रम्पका नीतिहरु उल्ट्याउँदै नयाँ कार्यकारी आदेशहरु जारी गर्ने तयारी थालेका छन् ।

अमेरिकी राष्ट्रपतीय निर्वाचनमा उनको जीत भएपछि उनले कार्यकारी आदेशहरू जारी गर्ने तयारी थालेका हुन् । आगामी जनवरी २० मा उनले ह्वाइट हाउसमा राष्ट्रपतिको शपथ ग्रहण गर्नेछन् ।

वासिङ्टन पोस्टको रिपोर्टअनुसार बाइडेनले राष्ट्रपतिको पदभार ग्रहण गरेलगत्तै नयाँ कार्यकारी आदेशहरु जारी गर्ने तयारी थालेका छन् । बाइडेनले राष्ट्रपतिमा निर्वाचित हुने सुनिश्चित भएसँगै कार्यकारी आदेशहरूको तयारी थालेका थिए ।

अमेरिकाबाट प्रकाशित वासिङ्टन पोस्टका अनुसार अमेरिकाले पर्यावरणसम्बन्धी पेरिस सम्झौतामा पुनः फर्किने निणर्ण गर्नेछ । यसअघि बुधबार मात्र ट्रम्पको नीतिअनुसार अमेरिका यो सम्झौताबाट बाहिरिएको थियो ।

साथै विश्व स्वास्थ्य संगठनबाट बाहिरिने ट्रम्पको निर्णय पनि बाइडेनले उल्ट्याउने बताइएको छ । चुनावी अभियानका क्रममा बाइडेनले यी सबै कामहरु पहिलो कार्यालय दिनमै गर्ने बताएका थिए ।

बाइडेनले कैयौं मुस्लिम बाहुल्य देशका आप्रवासीलाई अमेरिका प्रवेशमा लगाइएको प्रतिबन्ध पनि हटाउने तयारी थालेको वासिङ्टन पोस्टले जनाएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  ११ : १६ बजे

बिग्रेको गाडी धकेल्दै कहाँ पुग्लान् ओली ?

एमाले अध्यक्ष केपी शर्मा ओली अहिले अत्यन्तै संकटको अवस्थामा पुगेका

ट्राफिक कारबाहीमा एकै दिन ११ लाख ५१ हजार राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिनमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूमा सञ्चालन

विश्वकपमा के छन् नयाँ नियम ? मुख छोपे सिधै रातो कार्ड !

काठमाडौँ – अमेरिका, क्यानडा र मेक्सिकोमा विश्वकप हुँदैछ । हरेक

एमाले केन्द्रीय सदस्यको कार्यविभाजनलाई अध्यक्ष र महासचिवले अन्तिमरूप दिने

भक्तपुर– नेकपा एमालेको केन्द्रीय सदस्यहरूको कार्यविभाजनको प्रस्तावलाई अन्तिमरूप दिन अध्यक्ष

बुटवल–पाल्पा सुरुङमार्गमा असोजदेखि यातायात सञ्चालनको तयारी

भैरहवा– सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी असोजदेखि सञ्चालनमा