काठमाडौं- भारतले नेपाललाई २८ वटा भेन्टिलेटर सहयोग गरेको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्याउने उद्देश्यले उक्त स्वास्थ्य सामग्री सहयोग गरेको हो ।
नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।
यस अघि भारतले नेपाललाई बैशाख १० गते पारासिटामोल, हाइड्रोक्लोरोक्वीन लगायतका अत्यावश्यक सामाग्री, जेठ ४ गते कोभिड-१९ परिक्षण कीट (आरडीटी-पीसीआर), श्रवाण २५ गते आइसीयु भेन्टटिलेटर तथा भाद्र ३० गते रेमडेसिभर औषधी समेत सहयोग गरेको थियो ।
स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै राजदूत क्वात्राले कोभिड-१९ महामारी विरुद्धको लडाइँमा भारतको सधै साथ र सहयोग रहने बताए । उनले यस किसिमका आवश्यक सहयोग गर्न भारत सधैं प्रतिबद्ध रहने समेत बताए ।
हेरौं भिडियो
प्रतिक्रिया