पहाडी भेगमा हल्का वर्षाको पूर्वानुमान « Khabarhub

पहाडी भेगमा हल्का वर्षाको पूर्वानुमान


२३ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आज प्रदेश १ का पहाडी भू-भागमा हल्का वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल प्रदेश नं १, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भाग तथा प्रदेश २ मा आंशिक बदलीको अवस्था रहेको छ । बाँकी भू-भागको मौसम सफा रहेको महाशाखाले जनाएको छ ।

भारतको झारखण्ड र आसपासमा रहेको न्युन चापीय प्रणालीको असरले दिउँसो भने प्रदेश नं १ को पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

तापक्रम घट्दै गएकाले बिहानी पख र साँझ तराई भेगमा हुस्सुको सम्भावना पनि रहेकाले यात्रामा सावधानी अपनाउन पनि महाशाखाले आह्वान गरेको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  ८ : ४५ बजे

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि

दुई हजारभन्दा बढी यमनी व्यक्ति शरण माग्दै जिबुटीमा

एडिस अबाबा – यमनमा इरान–समर्थित हुथी लडाकु र साउदी–समर्थित सरकारबीचको